उदाहरणीय रोशनी

0
1268

Rosni

महिलाहरुलाई भान्साको चार भित्तामै सीमित गरिने लोपोन्मुख मेचे समुदायका लागि उदाहरणीय बनेकी छिन् रोशनी मेचे । आदिवासी जनजाति महिलाहरुको हक अधिकारका लागि उनी अग्रणी बन्दै आएकी छिन् । नेपाल आदिवासी जनजाति महासंघकी केन्द्रीय उपाध्यक्ष बनेपछि उनले महिला विभाग प्रमुखको कार्यभार सम्हाल्दै आएकी छिन् । मुलुकभरका आदिवासी महिलाहरुलाई जनचेतना र तालिमहरु प्रदान गर्नमा उनको अहम् भूमिका हुने गर्छ ।
झापाको मेचीनगर, धाइजनलगायतका गाविसमा लगभग ५ हजारको संख्यामा बसोबास गर्दै आएका मेचे समुदायमा कमै महिलाहरुले मात्र घर बाहिरको संसार देखेका हुन्छन् । तर, धाइजनकी रोशनी मेचेले युएन वोमनको सहायतामा फिलिपिन्समा नेपालका आदिवासी महिलाहरुको अवस्थाको अध्यावधिक रिपोर्ट बुझाउने क्रममा सात दिन बस्ने मौका पाइन् । भ्रमणको क्रममा उनले त्यहाा सिकेका अनुभवहरु नेपालमा आई आदिवासी महिलाहरुलाई बााडिरहेकी छिन् ।
युएन वोमनको सहायताले उनले आदिवासी महिलाहरुमा हुने हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु चलाएको बताइन् । ‘आदिवासी महिलाहरु दोहोरो हिंसाको शिकार हुादै आएका छन्’, उनले भनिन्– ‘कयौं महिलाहरु आफ्नै श्रीमान् र बाहिरको संसारसाग जुधिरहेका छन् ।’ त्यस्ता पीडित महिलाहरुलाई समेटी हिंसा सम्बन्धी चेतना फैलाउने कार्यक्रमको उद्देश्य रहेको उनले प्रष्ट पारिन् । १५ वटा जिल्लामा रहेको सिमान्तकृत र लोपोन्मुख आदिवासी महिलाहरुलाई समेटी हिंसासम्बन्धी चेतना फैलाउने कार्यक्रमहरु अघि बढाएको उनले बताइन् ।
त्यस्तै जलवायु परिवर्तन (रेड प्लस) सम्बन्धी तालिम उनकै नेतृत्वमा अघि बढेको छ । तराईका झापालगायत बारा, चितवन, दाङ, कैलाली, बर्दिया, पर्सालगायत १० जिल्लामा जलवायु परिवर्तन सम्बन्धी तालिम महिलाहरुलाई दिन शुरु गरिएको उनले जानकारी दिइन् ।
एमए अध्ययनरत् रोशनी करिब १० वर्षदेखि सामाजिक कार्यकर्ताका रुपमा संघर्ष गरिरहेकी छिन् । रोशनीले समाजसेवामा आफ्नो उचाई थपेर आफूलाई अब्बल सावित गरिरहेकी छिन् । समाजसेवामा युवाहरुको पहलकदमी हुनुपर्ने उनको जोड छ । ‘युवाहरुले समाजसेवामा चासो देखाए समाज परिवर्तन गर्न सकिन्छ’– उनले भनिन् । उनको समाजप्रतिको लगाव र कार्यकौशलताबाट प्रभावित बनेका महासंघ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङले भने –‘रोशनी मिहेनती र मिलनसार महिला हुन् ।’
शुरुमा झापामा रहेर मेचे समुदायका महिलाहरुलाई उनले विभिन्न चेतनामूलक तालिमहरुको सहजीकरण गरेकी थिइन् । त्यसपछि जनजाति सशक्तिकरण परियोजना अन्तर्गत नेपाल आदिवासी जनजाति महासंघ झापाले आदिवासी जनजातिहरुको शिक्षा र स्वास्थ्य स्थिति जानकारीका लागि कार्यक्रम सञ्चालन गरेको थियो । त्यो कार्यक्रम रोशनीकै नेतृत्वमा जिल्लाका ४७ गाविस र ३ नगरपालिकामा सञ्चालन हुादा उनको हौसला अझै बढेर आयो । फलमा हैन कर्ममा विश्वास गर्ने उनले भनिन्– ‘आदिवासी जनजातिको हकअधिकारका लागि सदा लागीरहन्छु ।’
प्रस्तुति: इन्द्रकुमार चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here