सुरुङ्गा,भदौ १७ । दक्षिणी झापा टाघनडुब्बा–७ कामाटोली निवासी ६८ वर्षिया चन्द्रकुमारी तामाङको गत बिहिबार निधन भएको छ ।
तामाङ ५ महिनादेखि घाटीको क्यान्सर रोगबाट ग्रसित रहेका थिए । उनको स्थानीय रानीवनमा बौद्ध धर्म परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनका श्रीमान ७९ वर्षिया समरबहादुर तामाङ, छोराहरु बब्लु तामाङ, सनम तामाङ, सुर्य तामाङ र दिनेश तामाङ त्यसै गरी सावित्रा थेवे र रिता उप्रेती रहेकी छिन् ।