सर्पदंश सम्बन्धी सचेतना सम्पन्न

0
1161

purwanchal

सुरुङ्गा, भदौ १७ । सर्पदंशलाई नियन्त्रण गर्न ज्ञानज्योति युवा क्लब सुरुङ्गाले शुरु गरेको सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम भाद्र १३ र १४ गते सुरुङ्गा क्षेत्रमा सम्पन्न भएको थियो भने  भाद्र १६ र १७ गते घैलाडुब्बा क्षेत्रमा सञ्चालन भएको थियो ।

दुवै ठाउँमा गरी २ सय ५ जनाको तालिममा प्रत्यक्ष सहभागिता रहेको थियो भने प्रदर्शनीमा २ हजार बढीले अवलोकन गरेको क्लबका सदस्य सरोज भेटवालले बताए । सो सचेतना कार्यक्रममा नेपाली सेनाको कालीबहादुर गण, चारआलीको प्राविधिक सहयोग रहेको थियो भने कनकाई नगरपालिका, कनकाई सामुदायिक वन उपभोक्ता समुह, प्रजापति सामुदायिक वन, सुकेडाँगी सामुदायिक वन, झापा उद्योग वाणिज्य संघ शाखा सुरुंगाको आर्थिक सहयोग रहेको क्लबका सदस्य चिरन बिमलीले जानकारी दिए ।

उक्त क्लबले भदौ १९ गते गणतन्त्र चोक सुरुंगामा रक्तदान कार्यक्रमको आयोजना गरेको र उक्त कार्यक्रममा रक्तदान जीवन दान भन्ने नारालाई सार्थक बनाउन सबैमा क्लबका सदस्य रेवत गौतम बताउँछन्  । घैलाडुब्बा बजारमा सर्पदंश सम्बन्धी सचेतनाको प्रदर्शनी पछि समापन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुनिल भेटवाल, अध्यक्ष ज्योति उप्रेती, घैलाडुब्बा रेडक्रसका सभापति चन्द्र चुडाल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here