एक साता भित्र इबोला सम्बन्धि तालिम दिइने

0
526

[नरेन्द्र ढकाल ]
बिर्तामोड,भदौ १७ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. बाबुराम मासिनीले एक साता भित्र झापाको पूर्वी नाका कांकरभिट्टामा रहेको हेल्थ डेस्कका कर्मचारी सहित विभिन्न चिकित्सकहरुलाई तालिम दिने बताएका छन् ।

पूर्वाञ्चकर्मीसंगको टोलिफोन सम्र्पकमा उनले इबोला भाइरस अफ्रिकी मुलुक बाहेक अन्य क्षेत्रमा नफैलिएको भन्दै डराउनु पर्ने अवस्था नरहेको बताए । एक साता भित्र स्वास्थ्य कर्मीहरुको टोली झापा आएर तालिम दिने उनले उल्लेख गरे । यसैबिच इबोलाबो नियन्त्रणका विषयमा कांकरभिट्टामा स्थापना गरिएको हेल्थ डेस्कले उल्लेखनीय काम गर्न नसकेको फेला परेको छ ।

अध्यायगमन कार्यालयको बाहिर एउटा काठको सिटमा बसेका कर्मचारीले शंका लागेका पर्यटकहरुको मात्र स्वास्थ्य परिक्षण गर्ने गरेको बताएका छन् । हेल्थ डेस्कमा बसेका सिनियर अहेब हरिशचन्द्र देवकोटाले केन्द्रदेखि कुनै प्रोटोकल नै नआएकाले समस्या भएको बताए । खुल्ला सिमानाका कारण हजारौं मानिस नेपाल भारत गर्ने क्षेत्रमा समेत सरकारको हेलचेक्राइले गर्दा नेपालमा सहजै रुपमा रोग भित्रन सक्ने आंकलन गर्न सकिन्छ तर यस विषयमा कुनै प्रशिक्षण नै नदिइएको देवकोटा बताउछन् । प्राविधिक विषयमा जानकारी भएपनि ठोस रुपमा काम गर्न नसकेको उनले स्वीकार गरेका छन् ।

आफुलाई जिल्लादेखि आएको निर्देशन अनुसार काम गरिरहेको भन्दै अध्यायगमन कार्यालयसंग सहकार्य गरेर अफ्रिकी मुलुकबाट आएका पर्यटकको मात्र स्वास्थ्य परिक्षण गर्ने गरेको बताए । उनले हेल्थ डेस्कमा प्रमुख जिल्ला अधिकारी र जनस्वास्थ्य कार्यालयका प्रमुखले निरनतर आएर परामर्श दिने गरेको बताए । मानिस र पशुबाट पनि इबोला सर्न सक्ने बताइए पनि ठोस रुपमा काम गर्न नसकेको बताइएको छ । पूर्वी नाकामा इबोलाबारे जनचेतना जगाउने कुनै पनि काम गरेको पाइएको छैन् ।

यसैबिच जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चन्द्रदेव मेहताले केन्द्रदेखी नै टोली आउन ढिला गरेकाले ठोस कार्य अगाडी बढाउन नसकेको बताए । उनले विशेष गरि अफ्रिकी मुलुकका चारबाट देशका नगरिकलाई निग्रानी गर्ने गरेको बताए । पैदलमार्ग भएर अफ्रिकी मुलुकका नागरिक नेपाल प्रवेश गर्ने सम्भावना अत्यन्त न्यून रहेकाले पनि कामले प्रावकारीता पाउन नसकेको बताए ।

अफ्रिकी मुलुकका नगरिकलाई मात्र सरकारले निग्रानी गर्ने गरेकाले अन्य क्षेत्रका नागरिकमा यदि यो रोग देखिएका देश सहजैरुपमा प्रभावित हुने आंकलन गरिएको छ । खुल्ला सिमानाका कारण यदि भारतमा यो फैलने हो भने नेपालमा भयावह अवस्था र्सिजना हुने भएकाले सम्बन्धित निकायले बेलैमा ध्यान दिन आवश्यक छ । यसैबिच मोरङको बिराटनगर नाका रानीमा हेल्थ डेस्क स्थापना गरिने भएको छ ।

जोगवनी नाका भएर नेपाल प्रवेश गर्ने  मानिसहरुबाट ईबोलाको संक्रमण नेपाल प्रबेश गर्न सक्ने भन्दै हेल्थ डेस्क स्थापना गर्न लागिएको हो । अफ्रिकन देशमा ईबोलाको महामारी फैलिएपछि नेपालमा यसको उच्च सतर्कता उपनाउन थालिएको हो ।  हालसम्म पनि स्थापना हुन नसकेको हेल्थ डेस्क राख्नको लागि बिराटनगरबाट जिल्ला स्तरीय टोलीले डेस्क राख्ने स्थानको अवलोकन गरको छ । डेस्क मंगलबारदेखि सुरु भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जानकारी दिए ।

चेकजांचको क्रममा ईबोलाको संक्रमित फेला परेका तत्काल संबेदनशिल स्थानमा राखिने तयारी गरिएको छ । डेस्कबाट ईबोलाको वारेमा जनचेतना मुलक पर्चा पम्पलेट वितरण गर्ने, ईबोलाको बारेमा जानकारी गराउने लगायतका काम डेस्कले गर्ने जिल्ला स्वास्थ्य कार्यालयका निमित प्रमुख बिनोद भण्डारीले जानकारी दिए ।

भारतीय बजारमा त्यसको त्रास बढेसंगै नेपालमा पनि ईबोलाको त्रास फैलिएको छ । नेपालबाट रोग प्रभाबित देशमा नेपाली सेना खटिए गएको कारण त्यहांबाट फकिर्ने नेपाली सेनामा त्यसको प्रकोप आउन सक्ने आशंका गरिन्छ । पूर्वी नाकाबाट पनि भारतीय बाटो हुंदै नेपाल प्रभावित प्रवेश गर्न सक्ने भएकोले डेस्क स्थापना गरि निगरानी बढाईन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here