चन्द्रगढी खानेपानीको सभा सम्पन्न

0
419

भद्रपुर, भदौ १८ । चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समिति झापाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई डिविजन कार्यलय झापाका प्रमुख चोक प्रसाद धितालको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष विष्णुप्रसाद शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चन्द्रगढी समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, केदारेश्वर शिव पाञ्चायन, मन्दिर चन्द्रगढीका अध्यक्ष चेदानन्द पोख्ररेल, प्रकाश कृषि सहकारी संस्थाका अध्यक्ष चुडामणि मैनाली, चन्द्रगढी गा.वि.स. सचिव देवराज कार्की, जिल्ला वन महासंघ झापाका सदस्य हिराप्रसाद पोखरेल, नेकपा एमालेका लक्ष्मण पोखरेल, नेपाली कागं्रेसका चन्द्रप्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए । चन्द्रगढी–९ प्रकासपुर निवासी गंगाप्रसाद उप्रेती, धनपति उप्रेती र बद्री उप्रेतीले सयुंक्त रुपमा ४ कठ्ठा जग्गा संस्था स्थापना गर्न दान गरी दिएपछि वि.स.२०५७ सालदेखि निर्माण सुरु गरिएता पनि २०७१ सालमा चन्द्रगढी गा.वि.स.का वार्ड नं २, ५ र ९ का उपभोक्तालाई लक्षित गरी बनाईएको २.२५ घनलिटर क्षमताको उक्त आयोजना बाट ८ सय घर धुरी सुद्ध पिउने पानी बाट लाभाम्वीत हुने छन् । अध्यक्ष शिवाकोटीले कार्यसमितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको स्वागत कोषध्यक्ष सन्तोष पोखरेलले र संञ्चालन नरबहादुर मगरले गरेका थिए ।purwanchal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here