डेगूका कारण मृुत्यु भएको गलत सूचना पाएपछि शव छोएनन्

0
480

बिनोद सापकोटा
झापा , भदौ १८ । डेंगू रोगको कारणले मृत्यु भएको ल्यावकोpurwanchal रिपोर्टका कारण झापाको माहारानी झोडा केहिदिनदेखि आँतकित भएको छ ।
वडा नम्बर ४ का करिव ५० घरका दई सय पचास वढी स्थानीय बासिन्दा आतंकित भएका हुन् । उनीहरुले शव छुनसमेत मानेन् । मृतकका आफन्त समेतले डेगूका कारण मृुत्यु भएको गलत सूचना पाएपछि शव छुन नमानेको स्थानीयले बताएका छन् ।
गएको भदौ १३ गते स्थानीय बालकृष्ण ढकालको बिराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ढकालल लाई ज्वरोले सताएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । ढकालको रक्त परीक्षण गर्दा ल्वावले दिने रिपोर्टमा आइजिजि नामको पुरानो डेगुको संक्रमण भएको उल्लेख थियो । ढकालको स्थानीय प्राईभेट ल्यावमा रक्त परीक्षण गरिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यलय झापाका फोकल पर्सन बेदप्रसाद घिमिरेले ढकाललाई बैदेसिक रोजगारीको क्रममा दुवईमा रहदा आइजिजी नामको पुरानो डेंगु को संक्रमण भएको हुन सक्ने बताएका छन् । उनले भने —‘त्यै पुरानो आईजिजी नामको पुरानो डेगुले मानिसको मृत्यु हुने सम्भावना कम हुन्छ , तर ल्यावको रिपोर्टले भने आतंक फैलाएको छ ।’ घिमिरेका अनुसार मानिसमा आइजिएम नामको नयाँ डेगूको संक्रमण भए मृत्युको सम्भावना बढी हुने हुन्छ । त्यसमा पनि हेमोरेजिक फिवर भएमा मात्र मृत्युको सम्भावना रहने उनले जानकारी दिए ।
एडिजप्टाई नामको संक्रमण भएको लामखुट्टेले मानिसमा टोक्यो भने मात्र डेगुको संक्रमण हुन सक्ने घिमिरेले बताए । उनले भने —‘झापामा यो सम्भावना निकै कम छ । आत्तिनु पर्ने अवस्था छैन । ’
यसैवीच जिल्ला जन स्वास्थ्य कार्यलय झापाले सो क्षेत्रमा मंगलबार चेतनामूलक कार्यक्रम संचालन गरेको छ । माहारानी झोडा ४ का बालकृष्ण ढकालको मृत्युका बारेमा ल्यावले दिएको रिपोर्ट अनुसार उनको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यलय झापाले जनाएको छ । सो क्षेत्रका करीव ५० घरमा जिल्ला जनस्वास्थ्यको टोलीले मच्छड धपाउन स्प्रे गर्नुका साथै पर्चा पम्प्लेटिङ्गसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here