नदी नियन्त्रणमा जुटे स्थानीय

0
549

1 2
राजु पौडेल
विर्तामोड, भदौ १५ । झापाको टाङ्टिङ्ग नदी धार परिवर्तन गरी गाँउ पस्न थालेपछि नदी नियन्त्रणका लागि स्थानीय आफैले पहल थालेका छन् ।
नदी नियन्त्रणका लागि सरकारले कुनै ठोस पहल नगरेको भन्दै स्थानीय आफ्नो घर र खेती योग्य जमिन बचाउन जुटेका हुन् ।
झापाको शनि–अर्जुन नगरपालिका ३ रातेखालका बासिन्दाहरु टाङ्टिङ्ग नदीको कटानले असाध्यै दुःख दिएपछि नदी नियन्त्रणका लागि एकजुट भएका छन् । गाँउका महिलादेखि पाका उमेरका मानिसहरुसमेत पानीको वहाव रोक्न भन्दै नदीमा बासँका किला गाड्न जुजारु भएका लागेका छन् । नदी नियन्त्रणका लागि स्थानीयको पहलमा गत महिना बनाइएको बालुवामाटोको बाध नदीले भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । नदीको तीव्र कटान का कारण टाङ्टिङ्ग नजिकै रहेको जरुवा खोलामा मिसिने भयले रातेखालका स्थानीयले नदीको धार परिवर्तनका लागि प्रयास गरेका हुन् । टाङ्टिङ्ग जरुवामा मिसिएर बग्ने थाले सयौं विगाहा जमिन र दर्जनौं  घरपरिवार विस्थापित हुने स्थानीयहरु बताउछन् । “यो टाङटिङ्गले जरुवा खोला भेट्न ५० मिटर मात्र छ” स्थानीय कल्पना खत्रीले भनिन्, “यदि जरुवामा टाङ्टिङ्ग पस्यो भने दुई सय घरपरिवारलाई क्षति पुग्छ ।”

 

1
झापाको चुरे पहाडको आसपासमा बर्षा हुनासाथ उर्लिने टाङ्टिङ्ग नदीको बाढीले शनि–अर्जुन नगरपालिका ३ र ४ का २ सय भन्दा बढी घरपरिवार र सयौं विगाहा खेती योग्य जमिन उच्च जोखिममा परेको छ । हाल सम्म सो नदीको बाढीले शनी–अर्जुन नगरपालिका ३ रातेखालका ५ घरपरिवारलाई विस्थापित गरिसकेको छ भने ३० विगाहा भन्दा बढी क्षेत्रफलमा रोपाई गरिएको धानखेती भएको जमिन कटान गरिसकेको छ । हालै मात्र स्थानीय धुव्र अधिकारी, धनबहादुर तामाङ्ग, डम्मर थापा, जस बहादुर तामाङ्ग, भैरव थापाको करिव ५ विगाहा जमिन कटान गरेको स्थानीयले जानकारी दिए । सो नदीको कटानले सयौं विगाहामा सिचाई सुविधा पु¥याउने सिंहवाहिनी नहरको ५ सय मिटर लाइनिङ्ग समेत भत्काएको छ । टाङ्टिङ्गले वर्षेनी वर्षात्को समयमा सो क्षेत्रका बासिन्दाको सयौं विगाहा खेतीयोग्य जमिन कटान गर्दै लग्ने गरेको छ । सरकारी निकायले नदी नियन्त्रणका लागि क्षणिक पहल गरेपनि दीर्घकालिन रुपमा नदी नियन्त्रण गर्न सहयोग नगरेको स्थानीयको दुखेसो छ । “हामीले क्षणिक रुपमा नदी नियन्त्रणको प्रयास गरेका हौं” रातेखालका खड्क सुवदीले भने, “नदी नियन्त्रणका लागी सरकारले हामीलाई सहयोग गरिदिनु प¥यो ।”
वर्षेनी उर्लेर आउने टाङ्टिङ्ग नदी विगत देखी नै वर्षेनी मानव वस्ती भएको पूर्वतिर आउन थालेको छ । त्यसैले रातेखालेका बासिन्दाहरु सरकारी निकायको ठोस पहल नहुदा खोलाले घर खेतै लैजाला कि भन्ने भयले बढी सताइएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here