नेविसंघ त्रिदेव क्याम्पस इकाई समितिद्वारा होली मिलन कार्यक्रम

0
549

विर्तामोड ।

नेपाल विद्यार्थी संघ त्रिदेव क्याम्पस इकाई समितिले क्याम्पस परिसरमा होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस झापाका सचिव एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण हुमागाईले नेपाली विद्यार्थीहरुको नेविसंघले लोकतन्त्रको रक्षाका निम्ति विभिन्न संगठनमा छरिएका विद्यार्थीहरुलाई संगठित गरेर एकीकृत विद्यार्थी आन्दोलनको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेबिसंघ इकाई सभापति अर्जुन गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा त्रिदेव क्याम्पसका उपप्रमुख बेदप्रसाद खनाल, नेबिसंघ नेता सर्वेन्द्र निरौला लगायतले मन्तब्य राख्नु भएको थियो ।

आइत चेम्जोङ्गले स्वागत मन्तब्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन प्रतिमा ढकाल र असल लिम्बुले गर्नु भएको थियो । कार्यक्रममा नेबिसंघका छात्र, छात्राले चेतनामूलक र मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here