आमा समूहद्वारा महिला प्रहरी सम्मानित

0
491

इलाम, भदौ २४ । घरेलु हिंसा नियन्त्रणमा आमा समूहलाई उल्लेखनीय सहयोग पु¥याएको भन्दै इलाम नगरपालिका–८ स्थित समाज सुधारक आमा समूहले प्रहरी सहायक निरीक्षक कृष्णकुमारी अधिकारी र प्रहरी जवान उर्मिला तामाङलाई सम्मान गरेको छ ।

आमा समूह गठन, गाउँमा हुने घरेलु हिंसा, मादक पदार्थ सेवन, झैझगडाजस्ता घटना नियन्त्रणमा सहयोग पु¥याएको भन्दै आमा समूहले सम्मान गरेको हो ।

आमा समूह गठन भएपछि घरेलु हिंसा नियन्त्रण भएको आमा समूहकी अध्यक्ष सकुन्तला दाहालले बताइन् ।

हिंसा नियन्त्रणका लागि अहिले नगरपालिकाका विभिन्न वडामा सातवटा आमा समूह गठन भएका छन् । जिल्ला प्रहरी कार्यालयको सक्रियतामा इलाम नगरपालिका– ४, ५, ६, ७, ८ र ९ वडामा समूह गठन गरिएको हो । वडा नं ७ को महभिर र सिङ्फ्रिङमा गरी दुईवटा आमा समूह गठन भएका छन् ।

कतिपय पुरुषले मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुट्ने, घरमा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्न थालेपछि दुई वर्षअघि समाज सुधारक आमा समूह गठन भएको दाहालले बताइन् ।

समूह गठन भएपछि पहिलेको तुलनामा महिलालगायतका घरेलु हिंसामा कमी आएको प्रहरी सहायक निरीक्षक अधिकारी बताउछिन् ।

समाज सुधारक आमा समूहले मात्र गस्ती गर्न नभ्याएपछि दुई÷दुई सदस्यीय ११ वटा उपसमितिसमेत गठन गरिएको छ । आमा समूहले महिला प्रहरीको सहयोगमा रात्रि गस्तीसमेत गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here