‘कुरा अर्को छ” बिर्तामोडमा प्रर्दशन

0
532

बिर्तामोड,भदौ २४ । महिला हिंसा तथा लागु औषध सम्बन्धि जनचेतनामूलक सडक नाटक ‘कुरा अर्को छ” आज बिर्तामोडमा प्रर्दशन गरिएको छ ।
बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र र अस्थायी प्रहरी चौकी बिर्ताबजारको आयोजनामा भएको कार्यक्रममा क्षितिज नाट्य समुहले सो नाटक प्रर्दशन गरेको हो । माधव कल्पितको लेखन र निर्देशन रहेको नाटकमा कलाकारहरुले महिला हिंसा र लागुऔषधका घटनाहरुलाई प्रस्तुत गरेका थिए ।
बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको प्रमुख आतिथ्य तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष सूर्य कन्दङवाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रसका नगर सभापति भोजराज सिटाँैला, चेतना नेपालका इन्द्र ओली, मदन आर्चाय, जानुका थापामगर लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन केशव पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here