सुरुङ्गा, भदौ २४ । सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुहको गस्ती टोलीले ८० क्यूबिक फिट काठ बरामद गरेको छ । गस्ती टोलीले कनकाई नदीबाट बगाउँदै दक्षिण तर्फ लादै गरेको अवस्थामा राती करिब ११ बजे उक्त काठ बरामद गरिएको हो ।
शान्ति सुरक्षाको स्थिति कमजोर ठानी काठ तस्करहरु चुरे क्षेत्रबाट रुख कटान गरी काठ तस्करी गर्ने क्रम बढ्दै गएकोले वन समुहको टोली वनको रक्षाको निम्ति लागि परेको उक्त वन समुहका सचिव देवेन्द्र रिसालले बताए । गस्ती टोलीलाई देखेपछि तस्करहरु काठ छोडी भागेका थिए । बरामद गरिएको काठ वन समुहको घाट गद्दीमा दाखिला गरिएको बताइएको छ ।