साक्षरता दिवसमा सम्मान

0
611

purwanchal
पार्थ मण्डल
भद्रपुर, भदौ २४ । ३५ औ राष्ट्रिय शिक्षा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्ला शिक्षा समिति झापाले उत्कृष्ट छात्रछात्रा, पत्रकार सहित विभिन्न शिक्षासेवीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
दक्ष शिक्षक स्तरीय शिक्षा समृद्धिधका लागि साक्षरता र प्रविधियुक्त शिक्षा भन्ने मुल नाराका साथ विरेन्द्र नमूना उच्च मावि चन्द्रगढीमा आयोजित उक्त कार्यक्रममा दुई जना पत्रकार, उत्कृष्ट दर्जनौ छात्रछात्रा, शिक्षक, कर्मचारी, स्रोत व्यक्ति, पुस्ताकालय, निजी तथा सामुदायिक विद्यालयहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याई कलम चलाउनु भएका पत्रकारद्धय प्रतिदिन दैनिक विर्तामोडका सहसम्पादक झुलन रेग्मी र सप्तरंगी एफएम दमकका डेस्क सम्पादक मनकुमार गदाललाई जनही ५÷५ हजारको दरले पुरस्कृत गरेको छ ।
त्यसतै ०७० सालको एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट छात्रा तर्फ हिमालय उमावि दमकका समिक्षा अर्याल, छात्र तर्फ सिहदेवी मावि खुदुनावारीका अनुप चौहान र संस्थागत विद्यालयबाट उत्कृष्ट छात्रा तर्फ नर्थपन्ट स्कूल मेचीनगरका एलिना सुवेदी, छात्र तर्फ नमूना इङलिस बोडिङका गगन डागीलाई प्रशसापत्र सहित जनही १५÷१५ सयका दरले पुरस्कृत गरेको छ । त्यसतै कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट छात्रा तर्फ गुहेश्वरी निमावि लखनपुरका विनिता आचार्य, छात्र तर्फ जनचेतना निमावि सुरुङ्गाका विवेक सुवेदी र संस्थागत विद्यालयबाट उत्कृष्ट छात्रा तर्फ पशुपति आवसीय मावि सुरुङ्गाका प्रविना लिम्बु, छात्र तर्फ ब्रण्डरलैड आवसीय मावि तोपगाछीका उज्जवल कडेललाई प्रशसापत्र सहित जनही १÷१ हजारको दरले पुरस्कृत गरेको छ । त्यसैगरी ०७० सालको एसएलसीमा उत्कृष्ट विषयगत तर्फका छात्रछात्राहरुलाई समेत जनही एक÷एक हजारको दरले पुरस्कृत गरेको छ । त्यस्तै सामुदायिक विद्यालयबाट कक्षा ८ मा उत्कृष्ट विषयगत तर्फ छात्रछात्राहरुलाई जनही एक÷एक हजारको दरले पुरस्कृत गरेको छ । सोही कार्यक्रममा शिक्षा दिवस २०७० मा राष्टिय स्तरमा पदक, प्रमाणपत्र तथा प्रशसापत्र पाएर सम्मानित हुने शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरु, संस्थागत विद्यालय, एक आधारभुत सामुदायिक विद्यालय, स्रोत केन्द्र, पुस्तकालय, मदरसा लगायतलाई समेत सम्मान गरेको थियो । नेपाल शिक्षक यूनियन झापा र शिक्षकहरुको सम्पूर्ण सस्थाको सहआयोजना सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समिति झापाका अध्यक्ष तथा स्थानीय विकास अधिकारी फणिन्द्र दाहालको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी एकमणि नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा आयोगबाट भर्खरै मात्र झापाबाट स्थानी प्रावि शिक्षकमा नियुत्ती भएका १ सय ३९ जना नया शिक्षकहरुलाई नियुत्ती दिनुका साथै सपत ग्रहण गराईको थियो । पत्रकार महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटा, प्यावसनका केन्द्रिय उपाध्यक्ष गोविन्द लम्साल, एनप्याबसन झापाका सचिव अग्नि कोइराला, नेपाल शैक्षिक गणतन्त्र मञ्चका शारदा पाठक, नेपाल शिक्षक यूनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, शिक्षा समितिका जिल्ला सदस्य हरिचरण बानिया, मधेशी शिक्षक युनियन झापाका अध्यक्ष विरेन्द्रकुमार गुप्ता, विरेन्द्र उमाविका प्रअ टंकप्रसाद पाण्डे, लागयतले बोलेका थिए । स्वागत मन्तव्य जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीले राखेको कार्यक्रममा सञ्चालन उपसचिव उद्धव विष्टले गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here