धार्मिक महोत्सवमा झाँक्रीको गुरु पूजा

0
622

अर्जुनधारा ।

झापाको अर्जुनधारा ७ स्थित पाराखोपीको डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाममा आयोजना भएको तीन दिने धार्मिक महोत्सवको दोस्रो दिन झाँक्रीको गुरु पूजा भएको छ ।

सोमबार(आज) बिहान बिशेष गरी शुरु गरिएको दोस्रो दिनको महोत्सवमा विभिन्न १५जातजातीका धामिले तान्त्रिक बिधिबाट सामुहिक थानपूजा गरेका छन् । राई, क्षेत्री, बाहुन, भुजेल, रसाइली, राजवंशी, माझी, कुमाई, दनुवारसहित १५ जातजातीका धामिहरुले सामुहिक थान पुजा गर्ने महोत्सव मुल आयोजक समितिका सचिव अमित खम्बुले जानकारी दिए ।

डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर (काली) को अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका ७ का वडाअध्यक्ष नवराम ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय धामी बैद्य संघका केन्द्रीय अध्यक्ष सिताराम पुरी, नेपाल राष्ट्रिय धामी बैद्य संघका सल्लाहकार सिर्जलाल चौधरी, जलकन्या मन्दिरका पिठाधिस प्रदीपकुमार पुरी, सामाजिक ब्यक्तित्व सरस्वती सिटौला, धाम उत्पतिकर्ता गुरु विकास राईगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमकाबीच एकजना अपाङ्गसहित १३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको महोत्सव मुल आयोजक समितिका सचिव अमित खम्बुले जानकारी दिए ।

कार्यक्रममा अपाङ्ग भवानीशंकर थपलिया, जेष्ठ नागरिक केशरबहादुर बस्नेत, कुलबहादुर खुलाल, जयप्रसाद लामिछाने, मिनकुमार दनुवार, उमाकान्त उप्रेती, दिब्यश्वरी अधिकारी, ज्ञानप्रसाद भुजेल, गंगा क्षेत्री, धनबहादुर राई, टिकादेबी भट्टराई, दिलकुमारी कार्की र गंगाकुमार भण्डारीलाई सम्मान गरिएको थियो ।

आज साँझ दुईसय १६ दिप प्रज्वलन गरिने समेत जनाइएको छ । महोत्सवमा सुनसरी, मोरङ, इलाम, झापाका बिभिन्न स्थानबाट भक्तजनहरुको उपस्थिति रहेको नेपाल राष्ट्रिय धामी बैद्य संघका केन्द्रीय सचिव रोशन भेलवालले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन मुल आयोजक समिति सचिब अमित खम्बुले गरेका थिए । आइतवार(हिजो) बिशेष पुजा अर्चना तथा सांस्कृतिक झाँकीसहितको र्यालीले नगर परिक्रममा गरी शुरु भएको महोत्सव चैत २९ गते (भोली) विविध कार्यक्रमसहित समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here