पथरीशनिश्चरेमा ७ मेयर र ५ उपमेयर , ५६ वडाध्यक्षसहितका कूल २६४ उम्मेदवार चुनावी मैदानमा

0
538

छविराज ढकाल / पथरीशनिश्चरे

आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावमा पथरीशनिश्चरे नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले विभिन्न पदको लागि उम्मेद्वारहरको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आज शुक्रबार साँझ निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो। निर्वाचन आयोगको तालिका अनुसार नगरका मेयर, उपमेयर , वडाध्यक्ष, वडा खुल्ला सदस्य , वडा महिला सदस्य, वडा दलित सदस्य गरी कूल २६४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको सुचनामा उल्लेख छ।

आज साँझ निर्वाचन अधिकृतको कार्यालयका प्रमुख अधिकृत खगेन्द्र सुवेदीले हस्ताक्षर गर्नुभएको अन्तिम नामावली प्रकाशन अनुसार १ जना मेयरका स्वतन्त्र उम्मेदवार डिल्ली राम भट्टराईले फिर्ता लिएका छन् भने २ जना उपमेयरका स्वतन्त्र उम्मेदवार दुर्गा देवी दंगाल र राप्रपा नेपालकी रमा तिम्सिनाले फिर्ता गरेका छन्।

आगामी बैशाख ३० मा हुने निर्वाचनमा अब ८ जना उम्मेद्वारहरू मेयर पदका लागि निर्वाचनमा भाग लिने हुनुभएको छ। जसमा, नेकपा एमालेका तर्फबाट मेयरको उम्मेद्वार मोहन तुम्वापो, नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार नगेन्द्र बहादुर सुब्बा, तीन दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दिननाथ तिम्सिना, राप्रपा नेपालका तर्फबाट साम्वर थुलुङ राई, संघीय लिम्बुवान मञ्चका तर्फबाट वल बहादुर फ्याक लिम्बु, मंगोल नेशनल अर्गानाईजेसनका तर्फबाट पुनम राई र एक स्वतन्त्र उम्मेदवार महेन्द्र कार्की चुनावी मैदानमा उत्रिनु भएको छ।

यसैगरी, उपमेयरको पदका लागि उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवार दुर्गा देवी दंगाल र राप्रपा नेपालको तर्फबाट उम्मेदवार बन्नुभएको रमा तिम्सिनाले उम्मेदवारी फिर्ता लिनु भएको छ। अब ५ जना उपमेयरका उम्मेदवारहरु क्रमशः एमालेकी देविमाया काफ्ले, नेकाकी कविता पराजुली, तीन दलीय गठबन्धनले नेकपा- एकीकृत समाजवादीकी विन्दा देवी राई , संघीय लिम्बुवान मञ्चकी चन्द्र कुमारी लिम्बु र मंगोल नेशनल अर्गानाईजेसनकी शर्मिला लिम्बु चुनावी प्रतिस्पर्धामा रहनु भएको छ।

यस पथरीशनिश्चरे नगरका १० वटा वडाहरु मध्यें ३ जना वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। फिर्ता लिनेहरूका वडा नं १ बाट देवी प्रसाईं, वडा नं ३ का पदम खड्का र वडा नं ४ बाट रामप्रसाद निरौला स्वतन्त्र उम्मेदवारहरूले स्वेच्छिक फिर्ता लिएका छन्।अब जम्मा ५६ जना उम्मेदवारहरुले वडाध्यक्ष पदकालागि चुनावमा भाग लिने हुनुभएको छ ।

दुई जना महिला सदस्यका उम्मेदवारहरूले स्वेच्छिक फिर्ता लिएसँगै आउने चुनावमा ४९ जना महिला सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ भने ८ जना खुल्ला सदस्यका उम्मेदवारहरूले स्वेच्छिक उम्मेदवारी फिर्ता लिएपछि १०२ जनाले आ आफ्नो वडाहरुबाट प्रतिस्पर्धा गर्ने भएका छन्।
देहायबमोजिम उम्मेदवारहरूले स्वेच्छिक उम्मेदवारी फिर्ता लिएका छन् :-

१,मेयर पदका उम्मेदवार- ‘डिल्लीराम भट्टराई
२, उपमेयरका उम्मेदवारहरु- दुर्गादेवी दंगाल ( स्वतन्त्र ) र रमा तिम्सिना ( राप्रपा)
३, वडाध्यक्ष पदका उम्मेदवारहरु:-
पदम खड्का ,राम प्रसाद निरौला तथा देवी प्रसाईं (तीनैजना स्वतन्त्र बाट )
४, महिला तर्फका ३ जना वडा सदस्यहरु क्रमशः- सोममाया तामाङ ( नेकपा एकीकृत समाजवादी) , लिलामाया कार्की ( नेका) तथा पुनम कुमारी पण्डित ( माओवादी केन्द्र)
५, खुल्ला सदस्यका ८ जना उम्मेदवार :-
-वडा नं १ बाट सनवीर राई ( माओवादी केन्द्र),
– वडा नं -२ बाट माओवादी केन्द्रका पदम खड्का र जिशस राई
– वडा नं २ बाटै नेपाली काँग्रेसका तर्फबाट नर बहादुर देउजा र मान बहादुर थापा
– वडा नं ४ मा राम प्रसाद निरौला ( स्वतन्त्र)
– वडा नं ६ बाट कर्ण बहादुर घिमिरे ( स्वतन्त्र)
– वडा नं ७ मा रविन राई ( जनता समाजवादी पार्टी)
पछिल्लोपटक बैशाख -१६ गते साँझ प्रकाशित नामावली प्रकाशन अनुसार-:
– मेयर पदका उम्मेदवार-७ जना
– उपमेयरका उम्मेदवारहरु-५ जना
-वडाध्यक्षका लागि उम्मेदवारहरू-५६ जना
– महिला सदस्य पदका लागि -४९ जना
– दलित सदस्य पदका लागि -४५ जना र,
– खुल्ला सदस्य पदका लागि – १०२ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने हुनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here