सिलवालद्वारा प्रहरी चौकी उद्घाटन

0
455

    इलाम,  असोज । क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवालले प्रहरीले जनताको जीउधनको सुरक्षा गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

इलामको पूर्वी श्रीअन्तु गाविसमा नवनिर्मित प्रहरी चौकीको आइतबार उद्घाटन गर्दै सिलवालले प्रहरी जनताको सधैँ घरदैलोमा रहने र शान्ति सुरक्षामा सदैव लागिपर्ने बताए ।

सशस्त्र द्वन्द्वका क्रममा क्षतिग्रस्त चौकी पुनःनिर्माण गरिएको हो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त  एक करोड नौ लाख १२ हजारको आर्थिक सहयोगमा गत भदौ २९ गते चौकीको निर्माण सम्पन्न गरिएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी पदम थपलियाले जानकारी दिए ।

चौकीमा छावनी, भान्छा कोठा, हिरासत कोठा, अपराध अनुसन्धान कक्ष, सञ्चार कक्षसहित १३ वटा कोठा निर्माण गरिएको छ । अढाई तले उक्त चौकीमा प्रहरी सहायक निरीक्षकसहितको दरबन्दी रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here