एसिया प्यासिफिक युनियन गठन गर्नुपर्ने र त्यसको नेतृत्व भारतले लिनुपर्छ : ढकाल

0
412

दिल्ली ।

छिमेकी मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एक नाथ ढकालले भारत को नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इंडियामा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गरेका छन् ।

सम्मेलनमा सम्बोधन गदै अध्यक्ष ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै सम्पन लुम्बिनको संस्कृतिक भ्रमणको क्रममा दुई सार्वभौम राष्ट्रका सरकार प्रमुखले संयुक्त रुपमा दर्शाएको सांस्कृतिक एक्यबद्ध नेपाल र भारत दुई फरक सर्वभौम देश भए पनि एक साझा संस्कृतिका देश भएको तथ्य प्रमाणित भएको बताएका छन् ।

उनले प्रम मोदीको सांस्कृतिक भ्रमणले नेपाल भारतको सम्बन्ध थप उचाईमा पुगेको बताए । विश्व सिखर सम्मेलनका विशेष दुत समेत रहेका अध्यक्ष ढकालले क्षेत्रीय सरकारी संगठनहरु निस्प्रभावी भैरहेको उल्लेख गर्दै एसियाली देशहरुको शान्ति र विकासका लागि युपिएफ कि संस्थापिका डा. हाक जा हान मुन द्वारा प्रस्तावित एसिया प्यासिफिक युनियन गठन गर्ने भन्ने प्रस्तावलाई कम्बोडियाको सरकारले समर्थन गरिसकेको सन्दर्भमा, उक्त युनियनलाई सार्थकता दिन भारतको सहयोग अति आवश्यक हुने भन्दै भारतले त्यसको नेतृत्व लिनुपर्ने कुरामा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here