झापामा यसरी मारिए भारतीय नागरिक, हत्यामा संलग्न तीन सार्वजनिक

0
577

झापा ।

कामको सिलसिलामा झापाको अर्जुनधारा नगरपालिकाकी एक महिला २०७६ साल मंसीरमा दिल्ली पुग्छिन् । करिब दुई महिना पश्चात उनी सो स्थानबाट गुजरात भन्ने शहरमा गई बस्छिन् । सोक्रममा भारतका जयन्तीलाल नि चली भार्गब रोड कुवेर नगर अहमावाद सिटी निवासी ४० वर्षीय जापाडीया नरेशकुमार वावु भाइसँग उनको चिनजान हुन्छ ।

उनले नै अर्जुनधारा–७ डाँडागाउँ निवासी ३२ बर्षीय जानुकादेवी थापालाई उद्धार गर्दै भारतको पानीट्यांकीसम्म ल्याइदिन्छन् । कामको सिलसिलामा भारत पुगेकी उनी विचल्लीमा परेसँगै उनको उद्धार गरेका व्यक्तिकै हत्या आरोपमा जानुका अहिले प्रहरी हिरासतमा छिन् । उनीसँगै उनका श्रीमान विनय भनिने बृखबहादुर थापा र सुरेश परियार समेत इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा छन् ।

घटना विवरण अनुसार ०७६ साल फागुनको अन्तिम साता सुवेदीलाई उद्धार गर्दै पानीट्यांकीसम्म ल्याउने जापाडीया नरेशकुमार वावु भाइको जानुकाकै योजना मुताविक ०७९ असार १२ गते हत्या गरी बोरामा राखेर फ्यालिएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उनको हत्यामा पक्राउ परेकामध्ये सुनसरी बराहक्षेत्र नगरपालिका–१०का २५ बर्षीय सुरेश परियारलाई पाँच लाख रुपैयाँ दिने शर्तमा उनको हत्या गर्न लगाएको बताइएको छ । शर्त बमोजिम जानुका र उनका श्रीमान बृखबहादुरले परियारलाई पहिलोपटक २५ हजार र हत्यापछि एक लाख ७५ हजार रुपैयाँ दिइसकेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए । पोखरेलले भने –उनको हत्यामा संलग्नमध्ये अर्का एक व्यक्तिलाई समेत जानुकाले थप एक लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । अर्का व्यक्तिको परिचय भने खुलाइएको छैन ।

इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख पोखरेलले थापाको घरमा जयन्तीलाल नि चली भार्गब रोड कुवेरनगर अहमदावाद सिटी निवासी ४० वर्षीय नरेशकुमार वावुको हत्या गर्न गत जेठमै योजना बनाएको बताएका छन् । चिनजानकै आधारमा मृतक पटक–पटक नेपाल आउने गरेको र जानुकाको घरमा बस्ने गरेको बताइएको छ । उनी नेपाल आउने क्रममा उनका छोराछोरीका लागि खेलौना र लत्ताकपडाहरु समेत ल्याइदिने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनी आउन नपाएको खण्डमा सामानहरु भारतीय गाडीमा नेपाल पठाउने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मृतकले जानुकादेवी थापालाई घर निर्माणका लागि पाँच लाख रुपैयाँ समेत दिएको बताइएको छ ।

गत २०७९ साल बैशाख ४ गते नेपाल आउने क्रममा नरेशकुमार वावुलाई इलाका प्रहरी कार्यालय रानीले ५९ हजार अबैध भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ पछि उनी आन्तरिक राजश्व कार्यालयबाट धरौटीमा छुटेको र तारेखमा रहेको बताइएको छ । सोही क्रममा उनी तारेख बुझाउन नेपाल आएको र जानुकाको घरमा तीन दिनदेखि बसेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मृतक

उनी गत जेठमा सुवेदीको घरमा आई तीन दिनसम्म बसेर फर्किएको र बसाइको क्रममा जानुकालाई मृतकले श्रीमानकै अगाडि दुब्र्यवहार गरेको बताइन्छ । श्रीमानकै अगाडि दुव्र्यवहार गरेपछि श्रीमान श्रीमतीकै योजनामा उनलाई मादक पदार्थ सेवन गराउँदै तीन लाख रुपैयाँ दिएर परियारको सहयोगमा हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । मृतक नरेशकुमार गत असार ७ गते भारतबाट नेपाल आएर थापाकै घरमा बसेको, ९ गते तारिखका लागि इटहरी गएको र सोही दिन उनी फर्किएर उनकै घरमा बसेको बताइन्छ ।

सोही क्रममा पाँच लाख रुपैयाँ ‘सुपारी’ दिने सहमति अनुसार सुनसरीका परियार जानुकाको घरमा बसेको र योजना मुताविक अर्का एक व्यक्तिलाई समेत निजको घरमा बोलाएर राखेको बताइएको छ । घरमै राखेर मादकपदार्थ सेवा गराएर भुइँतलाको उत्तरतर्फको कोठामा उभिएको अवस्थामा मृतकलाई शुरुमा सुरेशले पछाडिबाट घाँटीमा मुक्का प्रहार गरेको र भुइँमा लडेसँगै अर्का एक व्यक्तिले मृतकको मुख थुनी फलामको मार्तोलले निधारमा प्रहार गर्दै कर्तव्य गरी मारेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

हत्यापछि उनको शब अर्जुनधारा–४स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडक खण्डको ह्युम पाइप भित्र बोरामा बाँधेर फालेको अबस्थामा फेला परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । शव लानका लागि बृखबहादुर थापाले चलाउने गरेको प्रदेश–१–०१–०१२ प ८१५० नम्बरको रातो रंगको एफजेट मोटरसाइकल प्रयोग गरेको र सुरेश परियार र अर्का एक जना मानिसले मोटरसाइकलमा लगेर शव फालेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हत्यामा प्रयोग भएका सामग्रीमध्ये मोटरसाइकल, फलामको विँड भएको मार्तौल, फरुवा, खुकुरी, पानीले विझेको अवस्थामा तन्ना लगायतका सामग्री प्रहरीले बरामद गरेको छ । बरामद गरेको सामग्री समेत प्रहरीले हत्या आरोपीसँगै सार्वजनिक गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here