कृषिमा पहिचान बनाउदै बौदमोड सहकारी

0
443

[खगेन्द्र घिमिरे ]
बाहुनडागी ,कात्तिक २३ ।  कृषि सहकारीलाई कृषि खेतीको माध्यमबाट चिनाउन बाहुनडागीको एक सहकारी सफल बन्दै गएको छ । बौदमोड कृषि सहकारी सस्था लिमिटेड बाहुनडागीले टमटर खेतीबाट बाषिक रुपमा राम्रो आमदानी लिन सफल भएको छ ।
हरेक बर्ष समय अनुकुल बिभिन्न खेती लगाउने यस  कृषि सहकारीले यस बर्ष ५बिघा १६ कठठामा यतिबेला टमटर खेती गर्दै आएको छ । अघिल्लो पटक खर्च कटाएर तीन लाख आम्दानी लिन सफल भएको यस सहकारीले बोडी,कोपी लगायतको खेती गर्दै आएको छ । २०६५ सालमा स्थापित यस कृषि सहकारी सस्था ले बिगत ३ बर्ष देखि कृषिलाई प्राथमिकता दिने उदेशयले कृषि खेती लगाउदै आएका सस्थाका सन्चालक समितिका सदस्य केशर बस्नेत भनाई रहेको छ ।
अघिल्लो बर्ष लगाएको बोडी खेती राम्रो भएको साथै टमटर खेतीबाट पनि करिब २४ लाख बराबरको कारोवार भएको र खर्च कटाएर ३ लाख ४० हजार सस्थालाई नाफा भएको उनको भनाई रहेको छ । यसैको सफलता स्वरुप यस पटक पनि सोही क्षेत्रफलमा टमटर खेती लगाएको बस्नेतको भनाई छ । ५ बर्षका लागी लिजमा लिएर सुरु गरिएको कृषि खेती बाट पछिल्लादिनमा टेवा पुग्ने आशा राखिएको छ । कृषि सहकारी लाई कृषिको माध्यमबाट चिनाउने अभियानमा सबै श्यर सदस्य तथा सदस्यहरुबाट सहयोग भईरहेकोसस्थाका अध्यक्ष पूर्णबहादुर खड्काको भनाई छ । यस सहकारी सस्थाले कृषि उपज बस्तुको परिचय दिने उदेशले समय समयमा कृषि प्रदशनि समेत आयोजना गर्दै आएको छ ।
उत्पादित कृषि उपजलाई बजार सम्म पुराउनका लागि सहज भएपनी बिचौलियहरुको अन्त्य  नहुनजेलसम्म किसानले उचित भाउ नपाउने गुनासो रहेको छ । कृषकहरुले सहकारी यत ब्यतिगत रुपमा कृषि खेती गरेतापनी भारतिय बजारमा बीउ बिजन का लागि भारतको मुख ताक्नु पर्ने र मलको समेत समस्या रहेको कृषक बताउँछन । नेपाल सरकारले कृषि क्षेत्रमा जसरी बजेट छुटयाएको भएतापनी लगानी त्यसरी नभएको गुनासो रहेको छ । सरकारको बजेट सेमीनर र गोष्टीमा खर्च भईरहेको र त्यसको लाभ सहकारी र कृषकहरुले लिन नपाईरहेको अवस्था रहेको अधिकार्ष कृषकहरुको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here