पथरी, कात्तिक २४ । मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा प्रसूति गराउनेको सङ्ख्या घटेको छ ।
कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेलका अनुसार आव २०६८÷२०६९ मा कोसी अञ्चल अस्पतालमा नौ हजार ३६५ जनाले प्रसूति सेवा लिएका थिए ।
त्यस्तै आव २०६९÷२०७० मा घटेर आठ हजार ५८९ जनाले सेवा लिनेमा सीमित भयो । यता आव २०७०÷२०७१ मा झन घटेर सात हजार ५०० जनाले प्रसूति सेवा लिएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले दक्ष स्वास्थ्यकर्मीको कमी, शय्याको अभावले प्रसूति सेवा लिनेको सङ्ख्या घटेको हुनेसक्ने शङ्का व्यक्त गरे ।