धुवामुक्त अभियान सुस्त

0
1042

imagesgh

पाँचथर,कात्तिक २४ । जिल्लालाई घरभित्रको धुवाँरहित जिल्ला बनाउन सुधारिएको चुलो निर्माण अभियान सञ्चालन गरिएपछि अभियान सुस्त बनेको छ । घरभित्रको धुवाँरहित घोषणा गर्ने समयावधि एक वर्ष मात्रै रहेपनि सुधारिएको चुलो निर्माण अभियान भने तीव्र गतिमा सञ्चालन हुन सकेको छैन ।

अहिलेसम्म दुई वटा गा.वि.स.फाक्तेप र वलने मात्रै घरभित्रको धुवाँरहित घोषणा भएको  छ । नवमीडाँडा,थर्पु,इम्बुङ र रवीलाई चाँडै घरभित्रको धुवाँरहित गा.वि.स. घोषणा गर्ने तयारी भईरहेको स्थानीय विकास अधिकारी तुलसी वहादुर श्रेष्ठले बताए । उनका अनुसार अहिले सुधारिएको चुलो निर्माणका लागि स्टोभ मास्टर उत्पादनसँगै चुलोबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

श्रेष्ठले सन् २०१५ अर्थात आगामी वर्ष जसरी भएपनि घरभित्रको धुवाँरहीत जिल्ला घोषणा गरी छाड्ने दावी गरे ।  जिल्ला ऊर्जा तथा वातवरण शाखाले संयोजन गरेको सो अभियान सञ्चालनका लागि स्थानीय स्तरमा खासै प्रभावकारी कदम भने चालेको पाइएको छैन । जिल्ला स्थित बैकल्पिक उर्जा विकास केन्द्र,नाम्सालिङ सामुदायिक विकास केन्द्र लगायतका साझेदार संस्थाहरु रहेपनि अभियानलाई तीव्रताका साथ अघि बढाउन भने सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here