श्रीलङ्कामा अहिलेसम्म के भयो?

0
398

श्रीलङ्कामा अहिलेसम्म के भयो?

श्रीलङ्कामा अभूतपूर्व घटनाहरू भइरहेका छन्। देशमा जनताहरू आन्दोलित भएपछि विकसित घटनाक्रमले आज नाटकीय मोड लिएको छ।

  • श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष सेनाको विमानमा देश छोडेर भागेका छन्। उनी माल्दिभ्स गएको भए पनि त्यहाँबाट अन्यत्र जाने योजनामा भएको बताइएको छ
  • प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्
  • प्रदर्शनकारीहरू बलपूर्वक प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन्। तर प्रधानमन्त्री त्यहाँ छैनन्
  • विक्रमसिङ्घले श्रीलङ्कामा सङ्कटकाल घोषणा गर्दै सेनालाई शान्ति सुव्यवस्था बहाल गर्न आवश्यक काम गर्न निर्देशन दिएका छन्
  • राष्ट्रपतिले बुधवार पदत्याग गर्ने बताएको भएपनि अहिलेसम्म उनले औपचारिक रूपमा राजीनामा दिइसकेका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here