मतदानस्थल थपघटबारे छलफल

१९ श्रावण २०७९, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका मतदानस्थल थप गर्ने बारेमा छलफल भएको छ ।

नगरपालिका कार्यालयको आयोजनामा बुधबार भएको सर्वदलीय वैठकमा नगरमा हालसम्म विद्यमान मतदानस्थलको सजिलो तथा असजिलो अवस्थाका बारेमा छलफल भएको हो ।
मतदाताहरु बृद्धि हुँदै गएकाले केहि वडाका साविकका मतदानस्थल साँघुरो भएको जानकारी गराइएको छ ।

प्रदेश निर्वाचन कार्यालयले मतदानस्थल थपघट गर्नु परेमा केहि दिनभित्र नै मतदाताको नामावली सहितको विवरण पठाउन जानकारी गराएको थियो । तर छोटो समय अवधिभित्र त्यस्तो विवरण पठाउन सम्भव नभएकाले यसपछिको अवधिका लागि सहज हुने हिसावले तयारी गर्दै गर्ने निर्णय भएको नगर प्रमुख मोहनप्रसाद तुम्बापोले वताउनुभयो ।

सर्वदलीय बैठकमा नगर उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडाध्यक्षहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । हाल नगरमा २० वटा मतदानस्थलमा ५९ केन्द्रहरू रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here