निर्बाचनको तयारी तीब्र : नेता लिङ्देन

0
236

झापा।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघ र प्रदेशको निर्बाचनका लागि आफूहरुले तयारी तीब्र पारेको बताएका छन् ।

झापाको बिर्तामोडमा बुधवार अपरान्ह आयोजित चियापान समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले आफूहरुसंँग संघ र प्रदेशको निर्बाचनका लागि विभिन्न अनुभव संगालेका थुप्रै सम्भावित व्यक्तिहरु रहेको र उनीहरुलाई निर्वाचनका लागि तयारी अवस्थामा राखिएको बताएका हुन् ।

आफू झापा क्षेत्र नम्वर –३ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुने अध्यक्ष लिङ्देनले बताए ।

आफ्ना देवीदेवता भनेकै झापा क्षेत्र नम्वर ३ का मतदाता हुन् –अध्यक्ष लिङ्देनले भने – मेरा देवीदेउता छाडेर म कहाँ अन्त जान सक्छु ? मेरो उठ्ने ठाउँ भनेकै झापा क्षेत्र नम्वर ३ त हो नि –उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रसंँग अघिल्लो निर्वाचनमा गठबन्धन गर्दै निर्वाचन जितेका लिङ्देनले यस पटक पनि गठबन्धनबाटै निर्वाचन जित्ने संकेत गरेका छन् ।

‘जित्नको लागि चुनाव लड्ने हो – अध्यक्ष लिङ्देनले भने – त्यसैका लागि गठबन्धन आबश्यक छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष जितेपछि पहिलोपटक लिङ्देनले गृहजिल्लाका पत्रकारहरुसंँग अन्तरक्रिया गरेका हुन् ।

झापा ३ बाट नेपाली कांग्रेसका नेता सिटौला र एमालेबाट दुर्गाप्रसाद प्रसाईँ चुनाव लड्ने तयारी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here