तटबन्ध निर्माण गरिने

0
1031

भद्रपुर, मंसीर ४ । बर्सेनि बाढीबाट हुने हानिनोक्सानीलाई न्यूनीकरण गर्न जल उत्पन्न नियन्त्रण कार्यालय विराटनगरले झापाको मेची नदीमा रु एक करोड १८ लाख लागतमा तटबन्ध निर्माण गर्ने भएको छ ।

सो तटबन्ध झापाको मेची नदीसँग जोडिएर रहेको भद्रपुर संरक्षण योजनाअन्तर्गत भद्रपुर क्षेत्रमा मेची नदी नियन्त्रण कार्यक्रमअन्तर्गत रु ३३ लाख र महेशपुर एवम् पाठामारीमा मेची नदी नियन्त्रण कार्यक्रमअन्तर्गत रु ८५ लाखको लागतमा निर्माण हुने जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले जनाएको छ ।

सो कार्यका लागि कार्यालय प्रमुख भीलानन्द यादवको नेतृत्वमा आएको टोलीले निरीक्षण गरी चालु आर्थिक वर्षमै कार्य सम्पन्न हुने बताइएको छ ।

यसबाट वर्षात्को समयमा नदीमा आउने बाढीबाट हुने कटान र गाउँ बस्तीमा हुने डुबानबाट राहत मिल्ने नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नं ३ का सभापति गणेश पोखरेलले जानकारी दिए ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here