ॐकारेश्वर शिवालयमा महायज्ञ हुने

0
555

झापाको बुधबारे–७ कञ्चनबारी स्थित श्री ॐकारेश्वर शिवालय मन्दिरमा यही मंसिर ९ देखि १६ गतेसम्म प्रथमपटक श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना हुँदैछ । यज्ञकुण्ड, सामुदायिक भवन, मन्दिरको मूलगेट, सत्संग भवन, बृद्धाश्रम निर्माण, बालशिक्षा संचालन तथा सनातन धर्म संस्कृतिको संरक्षणको लक्ष्य राखी आयोजना गरिने महायज्ञमा जलेश्वरधाम (शनिअर्जुन नगरपालिका झापा) का व्यासाचार्य आचार्य पुष्पलाल निरौलाद्वारा कथा बाचन हुने र स्थानीय युवा पण्डित वासुदेव खनालको उपवाचकत्व रहने मन्दिर समिति अध्यक्ष छत्र बिष्टले जानकारी गराए ।

मंसिर ९ गते मण्डप पुजन तथा झाँकी सहितको शोभा यात्रा निकालिने, अन्य दिनहरुमा महायज्ञका नियमित अनुष्ठान र १६ गते पूर्णाहुति, तिलकप्रसाद वितरण सहित महायज्ञ समापन हुने कार्यक्रम रहेको र महायज्ञ पूर्ण सफल पार्न समाजसेवी प्रेम नेम्वाङको संयोजकत्वमा एकसय एकाउन्न सदस्यीय मूल समिति अन्तर्गतका विभिन्न समिति आआप्mनो जिम्मेवारी अनुसारको तयारीमा उत्साहका साथ जुटेका अध्यक्ष विष्टले जानकारी गराए ।

मन्दिरको संक्षिप्त परिचय ः ॐकारेश्वर शिवालय मन्दिर निर्माणका लागि गठित तदर्थ समितिको पहलमा बुधबारे–७ कञ्चनबारी स्थित भूतपूर्व मन्त्री नरेन्द्रनाथ बाँस्तोला परिवारको तीनतले खेतीको ऐलानी जग्गामा २०६५ सालमा मन्दिरको अस्थायी टहरा निर्माण गरियो । तत्पश्चात समाजसेवी, धार्मिक व्यक्तित्व र समितिको पहलमा बाँस्तोला परिवारसँग मन्दिरलाई आवश्यक जग्गा माग गरिएकोमा दाता बाँस्तोला परिवारद्वारा नम्बरी र ऐलानी गरी ६ कट्ठा जमिन दान स्वरुप प्राप्त भयो ।

२०६६ सालमा स्थानीय दाता जितमान श्रेष्ठ (बगाने बाबै स्व.) बाट मन्दिरको सिलान्यास गरियो । बुधबारे–७ तथा बुधबारे गाविसक्षेत्रका दाता महानुभावहरुको सहयोगमा मन्दिर निर्माण कार्य सम्पन्न भइ २०६९ मा विधिवत दर्ता गरियो । भिमप्रसाद खतिवडाको पहलमा सोही सालको श्रावणी पर्वको अवसरमा निरलानगर शिवपुरी वनारस भारतका सुरजकुमार डागा र उनकी धर्मपत्नीबाट मन्दिरका लागि शिवलिङ्ग प्रतिमा प्राप्त भयो र आचार्य पुष्पलाल निरौलाबाट मन्दिर उद्घाटन र सँगैको सरस्वती सदन सत्सङ्ग भवनको शिल्यान्यास पनि सम्पन्न भयो । सत्सङ् भवन हाल निर्माणाधिन छ ।

आप्mना ९४ वर्षिय पिता जितमान श्रेष्ठले २०६६ सालमा पहिलो इँटा राखी मन्दिर शिलान्यास गरी मन्दिर सधैँ रहिरहोस भन्ने संकल्पकासाथ मन्दिर निर्माणका लागि रु. ३१ हजार प्रदान गरेर धार्मिक कार्यका लागि केही गर्ने आप्mनो इच्छा पूरागरी मन्दिर शिल्यान्यासको दुई महिनापछि पिताको देहान्त भएको क्षण सम्झन्छन् पुत्र तथा मन्दिर समितिका उपाध्यक्ष बलबहादुर श्रेष्ठ । मन्दिरलाई पटकपटक गरेर सबै भन्दा बढी रकम रु. १ लाख ११ हजार १ सय प्रदान गर्ने मन्दिरको वर्तमान कार्यसमिति अध्यक्ष छत्र बिष्ट रहेका पनि श्रेष्ठले बताए । विष्टले ५ हजार १ सय ५१ र भीमकुमारी श्रेष्ठले ५ हजार रकम अक्षयकोषमा दान गरी सो कोषमा दान गर्नेमा अग्रस्थानमा रहेका छन् र कोषमा १ हजार १ सय तथा सो भन्दा माथि दान गर्ने थुपै्र रहेका बताइएको छ । मन्दिर निर्माणमा तदर्थ समिति (संस्थापक)का स्व. ताराचन्द्र आचार्य, लक्ष्मीदेवी कोइराला, रत्नमणि श्रेष्ठ, लोकबहादुर माझी लगायतको उल्लेखनीय भूमिका रहेको पनि अध्यक्ष विष्टले बताए ।

महायज्ञ सम्पन्न गर्न प्रचार समितिमा अग्नि सिग्देल, आपूर्तिमा बलबहादुर श्रेष्ठ, खाद्यन्नमा भिमप्रसाद खतिवडा, पूजा व्यस्थापनमा लक्ष्मीदेवी कोइराला, अतिथि सत्कारमा इन्द्रप्रसाद कोइराला, अर्थमा भूपाल खत्री, शान्तिसुरक्षामा इलाका प्रहरी कार्यालय बुधबारे, स्वयम्सेवकमा इश्वरी खतिवडा, स्वास्थ्यमा दुर्गा ढुंगेल, भजनकीर्तनमा युवराज पोरखेल, शोभायात्रामा डिल्ली श्रेष्ठ, यज्ञशालामा तुलसीप्रसाल ढकाल र अनुगमन समितिमा प्रेम नेम्वाङको संयोजकत्वमा समितिहरु उत्साहका साथ जुटिरहेका साथै वर्तमान कार्यसमितिका सचिव नरकुमार श्रेष्ठ, सहसचिव अग्नि सिग्देल, कोषाध्यक्ष भुपाल खत्री सदस्यहरु सुशील वाग्ले, युवराज पोरखेल, तारा श्रेष्ठ, भिमप्रसाद खतिवडा, नारद ठटाल र गन्ज कठेत लगायत स्थानीयवासीहरु पनि महायज्ञ पूर्णसफल पार्न सक्रिय रहेका पनि विष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here