क्याम्पसको व्यवस्थापन समितिमा दलिय भागवण्डा, अध्यक्षमा एमालेका गिरी चयन

२२ श्रावण २०७९, आईतवार मा प्रकाशित

विमल दहाल, इलाम ।

इलामको माई नगरपालिकामा रहेको एक मात्र क्याम्पस सञ्चालक समिति दलिय भागवण्डामा चयन गरिएको छ।

माई नगरपालिकाको गरुवा वहुमुखी क्याम्पसा लामो समयदेखि प्रयास गर्दा पनि चयन हुन नसकेको व्यवस्थापन समिति चयन प्रकृया शनिबार अबेर सम्म लगाएर दलिय भागबन्डाबाट चयन गरिएको छ।

क्याम्पसको १५ औं क्याम्पस सभावाट नेकपा एमालेका मेघनाथ गिरीको अध्यक्षतामा १७ सदस्य क्याम्पस व्यवस्थापन समिति चयन भएको हो। दानाबारीको रेडक्रस सभा हलमा सम्पन्न सभाले एमालेवाट चार जना, नेपाली काँग्रेसवाट पाँच जना, माओवादी केन्द्रवाट चार जना र संघिय समाजवादी पार्टीवाट दुई जना चयन भएका हुन्। क्याम्पस सञ्चालक समितिको विधान वमोजिम हलबाट १० जना र बाँकी ६ जना हलवाट निर्वाचित भेलाबाट मनोनित गर्ने प्रावधान बमोजिम सदस्य सचिव सहित १६ सदस्य भने चयन गरि सकिएको छ। वाँकी एक जना चयन वाँकी रहेको स्रोतले जनाएको छ।

भेलावाट उपाध्यक्षमा नेपाली कांग्रेसका ठगिन्द्र गिरी (पुष्प), कोषाध्यक्षमा माओवादी केन्द्रका यदुनाथ दुलाल, सदस्यमा एमालेवाट इश्वरप्रसाद राई, चन्द्रकला श्रेष्ठ र धनबहादुर आङदेम्वे, नेपाली कांग्रेसबाट पवित्रा बुर्जा मगर र हरिप्रसाद आचार्य, माओवादी केन्द्रवाट जंगबहादुर बस्नेत र संघिय समाजवादी पार्टीवाट नरबहादुर चोङबाङ चयन हुनुभएको छ । सदस्य सचिवमा भने बिधानत क्याम्पस प्रमुख भूपाल अधिकारी चयन हुनुभएको छ।

चयन भएका १० सदस्यको पहिलो बैठकवाट समेत ६ जना सदस्य दलिय आधारमा नै मनोनयन गरिएको पाइएको छ। सञ्चालक समितिको मनोनित सदस्यहरुमा माओवादी केन्द्रवाट विनोद नेम्वाङ र श्रीमान राई, नेपाली काँग्रेसवाट डिल्लीमाया भट्टराई र मुकेश धिताल र संघिय समाजवादी पार्टीवाट ठग बहादुर लिम्बू चयन भएका छन भने एक सदस्य चयन वाँकी रहेको श्रोतले जनाएको छ। अन्य बाँकी सदस्य विधानत् हुने जनाइएको छ।

माई नगरपालिका पूर्व मेयर दीपक कुमार थेवेको प्रमुख आथित्य तथा निर्तमान क्याम्पस अध्यक्ष भक्तबहादुर लुङ्गेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि थेवे, विशेष अतिथि कन्काई माविका प्रधानाध्यापक हरिप्रसाद पौडेल, नेकपा एमाले माई इश्वरप्रसाद राई, नेपाली काङ्गेसका पवित्रा बुर्जा मगर, नेकपा माओवादी (केन्द्र) विनोद नेम्वाङ, जनता समाजवादी पार्टी नेपाल माई अध्यक्ष टुपेन्द्र एक्तेन, नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा सभापति मित्रप्रसाद गौतम, वडा अध्यक्ष गणेश राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभाको स्वागत मन्तब्य उपाध्यक्ष बुद्धिमान कार्की र कार्यक्रम सञ्चालन क्याम्पस प्रमुख भूपाल अधिकारीले गर्नु भएको थियो।

शुभकामना मन्तब्य राख्ने अधिकांश वक्ताहरुले क्याम्पस विशुद्ध शैक्षिक पवित्र संस्था भएकोले नेतृत्व चयन राजनीति आस्थाबाट भन्दा पनि निस्वार्थ रुपमा सेवा गर्नु पर्ने धारणा राख्न भने छुटाएनन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here