बिराटनगर ।

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसुगर र लागूऔषध ट्याब्लेट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट लागूऔषध ब्राउनसगुर सहित एक जनालाई पक्राउ गरेको छ ।
मे १ ह २९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारीतर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भइ हाल सोहि स्थान बस्दै आएका ४० बर्षीय उमेश चौधरीको साथबाट ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो ।
पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका–५ सिराहा घर भइ हाल बिर्तामोड–३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीय प्रतिक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो ।
उता बिराटनगर महानगरपालिका–१६, हुलास चौकमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री मोरङ बेलबारी नगरपालिका–११ बस्ने ४५ बर्षीय प्रकाश बस्नेतलाई लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलिले शंका लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल,फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको थियो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























