तस्करी नियन्त्रणका लागि आएको प्रहरीको विशेष टोली तस्करीमा सम्लग्न व्यक्तिहरुकै चङ्गुलमा फस्यो

२ आश्विन २०७९, आईतवार मा प्रकाशित

झापा, सिमा क्षेत्रमा हुने तस्कारी नियन्त्रणका लागि भन्दै प्रहरी प्रधान कार्यालयको विशेष टोली अहिले झापामा तैनाथ छ ।
प्रहरी नायव उपरीक्षक होम वहादुर थापा नेतृत्वको टोली पूर्बी नाका काँकरभिट्टा सहितका क्षेत्रमा तैनाथ रहेर यहाँ हुने तस्करीका विषयमा सोधी खोजी गरिरहेको छ । सिमा क्षेत्रमा हुन सक्ने अबैध धन्दा (चोरी,तस्करी ) नियन्त्रका लागि झापा आएको प्रहरीको टोली तस्करीमा सम्लग्न व्यक्तिहरुकै चङ्गुलमा फसेसंगै उनीहरुको मिसन प्रति प्रश्न उब्जिएको छ ।
प्रहरी प्रधान कार्यालयबाट थापाको नेतृत्वमा आएको टोलीले पूर्बी नाका काँकरभिट्टा आसपासमा रहेर निगरानी गरेझैं गर्दै इलाम हुइकिएको थियो ।
यातायात व्यवस्था कार्यालय इलामले सवारी चालक अनुमति पत्रको परीक्षामा बद्मासी गर्न सक्ने भन्दै निगरानीका लागि सेटिङ समेत मिलाएको खुलेको छ ।
यता झापामा समेत मोटरसाइकलको ट्रायल पास गराइ दिए बापत ३० हजार रुपैयाँ दिने भन्दै प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ४ जनालाई रकम बाढेको खुलेको छ ।
यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिन सक्ने गरीको रणनीति बनाएर काम शुरु गर्न लागेको प्रहरी प्रधान कार्यालयको विशेष टोलीको गोप्य योजना समेत सार्वजनिक भएको छ ।
होटल किङ्सबरीमा बसेर बनाएको योजना बिफल भएसंगै मिसन टोली अल्मलिएको बताइएको छ । तस्करीमा सम्लग्न उच्च ओहोदाका व्यपारीसंग शुरुमै मिहचिम बढाएसंगै उनीहरुको योजना विफल भएको बुझिएको छ ।
जे कुराको निगरानी गर्न आयो, त्यही ठाउँमा बास बसेर हिमचिम बढासंगै योजना विफल हुनु स्वभाविक हो एक व्यक्तिले भने – काँकरभिट्टास्थित एक होटलमा बास बसेको प्रहरीको टोलीले सबै कुरा ओकलेपछि मिसन सक्सेस हुने कुरै आएन नि ।
प्रहरी प्रधान कार्यालयको विशेष टोली झापामा मात्र नभई देशका विभिन्न जिल्लामा खटिएको छ । प्रविण विष्ट, धर्मराज भण्डारी लगायतको टोली यतिवेला देश दौडाहमा रहेको प्रहरी श्रोतले बताएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here