लश्कर-ए-तैयबाका आतंकवादी साजिद मिरलाई संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्ने अमेरिकी प्रस्तावलाई चीनले रोक्यो

४ आश्विन २०७९, मंगलवार मा प्रकाशित

काठमाण्डौं ।

लश्कर-ए-तैयबाका आतंकवादी साजिद मिरलाई संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्ने अमेरिकी प्रस्तावलाई चीनले रोकेको छ। भारतले पनि यो प्रस्तावलाई समर्थन गरेको छ । मीर भारतको मोस्ट वान्टेड आतंकवादी मध्ये एक हो र 2008 मुम्बई हमलाको मुख्य षड्यन्त्रकारी पनि हो।

बेइजिङले संयुक्त राष्ट्र सुरक्षा परिषद्को १२६७ अल-कायदा प्रतिबन्ध समिति अन्तर्गत मिरलाई विश्वव्यापी आतंककारीको रूपमा तोक्ने र कालोसूचीमा राख्ने अमेरिकी प्रस्तावलाई बिहीबार अवरुद्ध गरेको बताइएको छ।

अमेरिकी एजेन्सी एफबीआईले मिरलाई विदेशी सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने षड्यन्त्र गर्ने, आतंकवादीहरूलाई सहयोग गर्ने, अमेरिका बाहिर सर्वसाधारणको हत्या गर्ने र सार्वजनिक स्थानमा बम विस्फोट गरेको आरोपमा यसअघि नै ‘मोस्ट वान्टेड’ आतंकवादी घोषणा गरिसकेको छ । मुम्बई हमलामा मारिएका १६६ जनामध्ये ६ जना अमेरिकी थिए । एफबीआईले मिरको गिरफ्तारी र दोषी ठहर गराउने जो कोहीलाई पनि ५० लाख डलरसम्मको इनाम तोकेको छ।

पाकिस्तान सरकारले साजिद मिरको बारेमा सधैँ झुट बोल्दै आएको छ । पाकिस्तानले सधैं साजिद मिरको उपस्थितिलाई अस्वीकार गर्दै आएको छ। पाकिस्तानले साजिद मीरको मृत्यु भएको दाबी समेत गरेको छ । जुनमा मीरलाई हिरासतमा लिएको खबर पनि आएको थियो । त्यसपछि एफएटीएफबाट राहतको आशामा पाकिस्तानले आफ्नो हातमा लागेको दाग घटाउने एक किसिमको बहाना गरेको थियो । एजेन्सी

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here