चिनियाँ आईफोन कारखानामा कामदार र प्रहरीबीच झडप

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

काठमाडौं ।

चीनको सबैभन्दा ठूलो आईफोन एसेम्बली कारखानामा बुधबार कामदारहरु प्रहरीसँगको झडपमा रहेको भिडियो सामाजिक सञ्जालमा छरिएका छन् ।

भिडियोमा मध्य चिनियाँ शहर झेंग्झाउको फक्सकन क्याम्पसमा सयौं कामदारहरू कानून प्रवर्तन अधिकारीहरूसँग जुधिरहेको देखिएको छ । सेतो ह्याजमेट सुटमा कयौं प्रदर्शनकारीहरूले आफ्नो तलब र सेनेटरी अवस्थाको बारेमा गुनासो गरिरहेकोसमेत भिडियो सुनिएको छ ।

चिनियाँ राज्य सञ्चालित मिडियाले फक्सकनको झेंग्झाउ प्लान्टको लागि खुला गरिएको विज्ञापनमा १ लाख भन्दा बढी व्यक्तिहरूले आवेदन दिएको जनाएपछि यस्तो भिडन्त भएको हो ।

एप्पलले असेम्बली सुविधामा महत्वपूर्ण आपूर्ति श्रृंखला अवरोधको सामना गरिरहेको छ र आईफोन १४ को शिपमेन्टहरू मुख्य बिदाको किनमेल सिजन सुरु हुने बित्तिकै बढ्ने अपेक्षा गरेकोछ।

गत महिना यसै कारखानामा कोभिड-१९ का संक्रमित देखिएपछि कर्मचारीहरु लकडाउन र क्वारेन्टिनमा जानुपर्ने चिन्ताले भागेको समाचारले चर्चा पाएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here