सावित्री गिरिको कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक(भिडियोसहित)

0
416

पाेखरा।

गायक मौसम गुरुङ र गायिका शर्मिला गुरुङको स्वर रहेको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक भएको छ ।

गीतमा सावित्री गिरिको शब्द रहेको छ । सारेगम रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको चन्चले मनमा शर्मिला गुरुङको संगीतमा मादल खड्गा बुढा, खैजडीमा दुर्गा गुरुङ, मनांग गुरुङ र बाँसुरीमा गोपाल नेपाली रहेका छन्।

दिवान किनारले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन पुकार श्रेष्ठले गरेका छन् । भिडियोमा मोडल पूजा गुरुङ र मनोज थापाले अभिनय गरेका छन्। पोखराको परिवेशलाइ समेटेर निर्माण गरिएको गितमा माया पिरती पनि समेटिएको छ।

आफ्नो परम्परा आनुसार को भेषभुषा झल्किने गरि गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ। उक्त गीत सावित्रा गिरि युटुवच्यानल मार्फत सार्वजनिक भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here