गोपाल अधिकारी
बिर्तामोड, १३४ औं श्रमिक दिवस झापामा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ ।
मजदुरसंग सम्वन्धित विभिन्न टे«ड युनियहरु र सम्वद्ध पक्षले मजदुर दिवस छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्दै मनाइएको हो । ट्रेड युनियन महासंघ (टुकोन) जिल्ला शाखा झापाले समेत श्रमिक दिवसको अवसर परेर श्रमिकलाई सम्मान गर्दै यो दिवस मनाएको हो ।
झापा जिल्ला अध्यक्ष श्रीप्रसाद चौधरीको अध्यक्षता तथा टुकोन केन्द्रीय सदस्य बबुजय मुर्मुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमकाबीच टुकोनमा आवद्ध श्रमिकलाई सम्मान गरिएको थियो ।
‘विश्वभर रहेका श्रमिकहरु एक हौं’ भन्ने नाराका साथ श्रमिकको हकहित, अधिकारको बारेमा चर्चा गरिएको कार्यक्रममा जिल्ला समिति झापालाई विविध विधामा सहयोग पुर्याउने दुई सय २१ सदस्यहरुमध्ये दुई पालिका र आठ जना सदस्यलाई सम्मानपत्र र खादाले सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा टुकोन अर्जुनधारा नगर कमिटी, टुकोन कचनकबल गाउँपालिका कमिटी, थिता राजवंशी, निर्मल महतो, प्रभात राजवंशी हल्दीबारी–२, वृषलाल राजवंशी, मंगली राजवंशी, परेश राजवंशी मेचीनगर–७, किस्मती राजवंशी मेचीनगर–१०, जितेन्द्र मावो अर्जुनधारा नगरपालिका–६ लाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव राजमान तामाङले गरेका थिए ।
सो कार्यक्रममा टुकोनका सल्लाहकार सन्तबहादुर तामाङ, जिल्ला उपाध्यक्ष मनेलाल चौधरी, कोषाध्यक्ष रोशन लिम्बू, सहसचिव योगेन्द्र गौली लगायतको आतिथ्यता रहेको थियो ।































