पथरीशनिश्चरेमा ३२ परिवारलाई जग्गा धनीपुर्जा

0
57

पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ का स्थानीयले हालसम्म ३२ घर परिवारले जग्गा धनी पुर्जा प्राप्त गरेका छन्।

सोमबार पनि वडा नं. ८ को कार्यालयमा भएको कार्यक्रमका बिच जग्गा धनी प्रमाण पुर्जा वडा अध्यक्ष नवीन कार्कीले वितरण गर्नुभएको थियो ।

यसैगरी, सोहि वडा नं. ८ मा नयाँ नापी सुरुवात गर्नको लागि शुसिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङले गत वैशाख २६ नापी टोली खटाइसकेको छ ।

टोलीले मंगलबारे, शुक्रबारे, केर्खा टोल क्षेत्रमा नापी गर्नु अगाडिको गर्नुपर्ने रेखाङ्कनको काम गरिरहेको वडाध्यक्ष कार्कीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here