मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न: ‘बासु’का रमेश प्रथम

0
101

मेचीनगर,

१५ ओैँ गणतन्त्र दिवसका अवसरमा सोमबार झापाको मेचीनगरमा “गणतन्त्र स्थापनामा प्रेसको भूमिका” विषयक अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीभित्र रहेको दक्षता, क्षमता र प्रतिभा प्रष्फुटन गर्ने उद्धेशयले कार्यक्रम आयोजना गरिएको हो । प्रेस क्लव मेचीनगरको आयोजनामा भएको कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए ।

सहभागी विद्यार्थीले नेपालमा गणतन्त्र स्थापना भए पनि जनताले गणतन्त्रको उपयोग गर्न नपाएको र यसमा “वाच डक”कारूपमा खवरदारी गर्न नेपाली लाग्न प्रेसलाई आग्रह गरेका थिए । नेपाली जनताले चाहेको गणतन्त्र यस्तै खालको नभएको र साच्चैको गणतन्त्रको आभास नेपाली जनताले गर्न नपाएको विद्यार्थी वक्ताहरूको भनाई थियो ।

गणतन्त्रको महत्व स्थानीय जनतालाई दर्शाउन नेपाली प्रेस लाग्नुपर्नेमा सहभागीको जोड थियो । गणतन्त्र संस्थागत हुन नसकेको भन्दैँ यसलाई संस्थागत गर्न पनि नेपाली प्रेस लाग्नुपर्ने उनीहरूको भनाई थियो ।

क्लवका अध्यक्ष डम्वर बरालको सभापतित्वमा आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मोहनकाजी, क्लवका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पुर्व अध्यक्ष मुक्ति पौडेल, सहभागी विद्यालयहरूका तर्फबाट बालसुबोधिनि माविका प्रधानध्यापक विश्व थापालगायतले बोल्नुभएको थियो ।

साहित्यकार मिलनकुमार ढुङ्गाना मुख्य निर्णयकको भूमिकामा हुनुहुन्थ्यो भने साहित्यकार भुवन सुब्बा खरेल, सञ्चारकर्मी हरिकृष्ण भण्डारी सदस्यको रूपमा हुनुहुन्यो । प्रतियोगितामा बालसुबोधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएर नगद ३ हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।

त्यसैगरी कविशिरोमणि माध्यमिक विद्यालयका उषा निरौला ३० दशमलव ३२ अंकसहित दोस्रो र एभरेष्ट माध्यमिक विद्यालयका सन्ध्या कट्टेल २९ दशमलव ८४ अंकसहित तेस्रो भएर क्रमस २ हजार र १ हजार रूपैयाँ जित्नुभयो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रमका सचिव देबु बानियाँले उद्घाटन सत्रको सञ्चालन र उपाध्यक्ष जीआर धितालले स्वागतसहित प्रतियोगिताको सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here