पथरी शनिश्चरे,
गत जेठ १६ गते पथरीशनिश्चरे ०२ को जयचोकमा भएको सवारी दुर्घटनाका दोषी बस चालक पुर्पक्षको लागि कारागार चलान भएका छन्।
आइतबार सवारी ज्यान मुद्धाका प्रतिवादी झापा विर्तामोड (०२ का प्रकाश पाठकलाई पुर्पक्षको लागि कारागार विराटनगर पठाईएको हो ।
पथरी शनिश्चरे न।पा। वडा नं। २ स्थित पुर्व पश्चिम राजमार्गको जयचोकमा साईकलमा यात्रा गरिरहेका मोरङ पथरी शनिश्चरे २ बस्ने ५३ वर्षेको योग्य थापालाई प्र।१(०१(००१ ख ३५४९ नम्बरको बसले ठक्कर दिई घटना स्थलमै मृत्यू भएको थियो।
सोहि बसका चालक झापाको बिर्तामोड न।पा। वडा नं। २ बस्ने ४७ वर्ष प्रकाश पाठकलाई सवारी ज्यान मुद्धा दायर भएपछि ईलाका प्रहरी कार्यालय पथरीबाट पक्राउ गरी अनुसन्धान भइरहेको थियो। अनुसन्धान पछि निज पाठक सहित आज मोरङ्गको जिल्ला अदालत बिराटनगरको आदेश अनुसार प्रतिवादी प्रकाश पाठकलाई पुर्पक्षको लागि थुनामा कारागार कार्यालय बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।































