काठमाण्डौं ।

युक्रेन संकट समाधानको पक्षमा भारत रहेको र समाधान भन्दा खुशी अरु केही हुन सक्दैनन् भारतीय रक्षा सल्लाहकार अजित डोभालले बताएका छन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले साउदी अरेबियाको जेद्दामा आयोजित युक्रेनमा एनएसए सम्मेलनलाई सम्बोधन गर्दै रसिया–युक्रेन संकट समाधान गर्नु भन्दा “भारतलाई बढी खुशी अरू कुनै कुराले ल्याउन नसक्ने“ भनेका हुन् ।
द्वन्द्व सुरु भएदेखि नै भारतले रुस र युक्रेन सँग नियमित रूपमा संलग्न रहेको बताए । उनले थप भने कि भारत “दिगो र व्यापक“ शान्ति समाधान खोज्न एक सक्रिय साझेदारको भूमिका निर्वाह गर्दै आएको छ र अगामी दिनमा निरन्तर रुपमा रहने छ उनले स्पष्ट पारे ।
एजेन्सी ।






























