एमिटीको २५ औं वार्षिकोत्सव

0
6

झापा।

बिर्तामोड–५ मा सञ्चालनमा रहेको एमिटी एजुकेशन फाउण्डेशनले विभिन्न कार्यक्रम गर्दै २५औं वार्षिकोत्सव मनाएको छ ।

फाउण्डेशनले आइतवार विद्यालय परिसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो । विद्यालयका प्रिन्सिपल राधेश्याम ढकाल (आरएस)को अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीले सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, गायन, प्रहसन प्रस्तुत गरेका थिए । विद्यार्थीले सांस्कृतिक, राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेका थिए भने जुनियर थिएटर क्लवले नाटक प्रस्तुत गरेको थियो ।

वार्षिकोत्सवको अवसर पारेर कक्षागत रुपमा प्रत्येक कक्षाबाट तीन जनाका दरले उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृतसहित सम्मान गरेको थियो । प्रिन्सिपल ढकालले स्वागतसहित विद्यालयको शैक्षिक गतिविधिमाथि प्रकाश पारेको कार्यक्रममा सहायक प्रिन्सिपल कुलप्रसाद खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका बीच २० वर्षसम्म सेवा पूरा गर्ने दुई शिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कुलप्रसाद खतिवडा र टीका ढकाल रहेका छन् । त्यस्तै सात जना अभिभावकलाई समेत सम्मान गरिएको थियो भने दुई जना विद्यार्थीलाई ४३ हजार दुई सयका दरले पूर्णरुपमा छात्रवृत्ति प्रदान गरिएको प्रिन्सिपल ढकालले बताए ।

त्यस्तै समय पालक शिक्षकका रुपमा गीता राई मुखियालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन गणेशप्रकाश आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here