तेराख प्रतिष्ठानद्वारा हाजिरीजवाफ

0
6

बिर्तामोड।

साहित्यकार तेराख प्रतिष्ठान झापाले आफ्नो क्यालेन्डर अनुसार अन्तर विद्यालय प्रतियोगिता गराउने क्रममा यस पटक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

वार्षिक रुपमा सामुदायिक विद्यालयबीच गरिने प्रतियोगितामा यस पटक मेचीनगर नगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका २५ वटै सामुदायिक विद्यालयहरुलाई आह्वान गरिएको थियो । जसमा १७ वटाले तोकिएको समयमा रजिस्टेशन गराएका थिए । २०८० सालको यस प्रतियोगितामा मेचीनगरको बाल कल्याण माविका चिरञ्जिवी कोइराला र प्रोमिसाको टिम प्रथम, दोस्रो हुनेमा गडिगाउँ मावि बुद्धशान्ती–५ को दिपिका ढुंगेल र जोसनको टिम र तेस्रो हुनेमा आदर्स मावि जयपुर बुद्धशान्तिबाट आयुषा एक्तेन र विज्ञानको टिम रहेका छन् ।

हाजिरीजवाफ प्रतियोगिता वैज्ञाानिक तरिकाबाट दुई चरणमा सचालन गर्दै पहिलो, दोस्रो र तेस्रो छनौट गरिएको हो । पहिलोलाई रु.पाँच हजार, दोस्रोलाई चार हजार र तेस्रोलाई रु. तीन हाजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालन चित्रा पौडेल र सहजीकरण समितिका जय भण्डारी, दुर्गा खतिवडा, बासुदेव खतिवडा, बासुदेव न्यौपानेले गरेका थिए ।
प्रतियोगिता चरण शुरु गर्नु अगाडि सदस्य मूना रानाले सञ्चालन गरेको औपचारिक कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, प्रमुख अतिथिको रुपमा महेन्द्र बिलास लुइँटेल, सञ्चारकर्मी चन्द्र भण्डारी रहेका थिए । कार्यक्रमको स्वागत समितिकी शुशीला खतिवडा दाहालले गरेकी थिइन् ।

‘पठन संस्कृतिको विकास, खोज चरित्र निर्माण,चेतना अभिवृद्धि र सामुदायिक विद्यालयका शिक्षकहरुको मेहनतको परिक्षा हाजिरी जवाफ प्रतियोगिता जस्ता प्रतियोगिताहरुले नै गर्ने र हामीलाई अझ सुधार र सतर्क गराउन सहयोग गर्ने हुँदा यस्ता प्रतियोगितामा सहभागिता जनाउनुपर्ने’ – सञ्चारकर्मी भण्डारीले बताए । त्यस्तै प्रमुख अतिथि लुइँटेलले अध्ययन, जिज्ञासा, खोज र अनुसन्धान नै विद्यार्थीमा हुनुपर्ने महत्वपूर्ण गुण भएको बताए ।

धुलाबारी माध्यमिक विद्यालयका पूर्व शिक्षक एवम् राष्ट्रिय पुरस्कार प्राप्त ‘सर्वजा’उपन्यासका लेखक साहित्यकार तेजराज खतिवडाको नाममा ‘साहित्यकार तेराख प्रतिष्ठान’ छ बर्ष अगाडि स्थापना गरिएको प्रतिष्ठान हो । साहित्यकार तेराखले आफू जिवित हुँदै १० लाखको अक्षयकोषसहित शिवकुमार पौडेलको अध्यक्षतामा स्थापना गरेको र तेराखको देहान्त पश्चात उनका जेठा छोरा एवम् स्वास्थ्यकर्मी लेखनाथ खतिवडाले त्यति नै रकम थप गरी पुरस्कार राशि थप गर्दै अन्य विधाहरु जोडेका छन् । उनी प्रतिष्ठानका संरक्षक रहेको सुरेश खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here