अदूर दृष्टि दोषः भविष्यको जटिल समस्या

0
56

बिर्तामोड ।

दृष्टि विशेषज्ञ कोशी प्रदेशका विशेषज्ञले अदूर दृष्टि नियन्त्रण तर्फ ध्यान नदिए भविष्यमा जटिल समस्या आउन सक्ने बताएका छन् ।

करिब एक सय ८० जना दृष्टि विशेषज्ञ विराटनगरमा भेला भएर वैधानिक तथ्य प्रस्तुतीकरण कार्यक्रममा नौ जना वक्ताले आ–आफ्नो वैधानिक तथ्य तथा सोधको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बिराट आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. अनादी खत्रीको अध्यक्षतामा भएको थियो । सञ्जिव मिश्रा, दृष्टि आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ अजितकुमार ठाकुर लगायतले बोलेका थिए ।

सन् २०२० मा लगभग २३% दर भएको अदूर दृष्टिको सन् २०५० मा लगभग २४ जनामा एक जनालाई हुने (५०∞) प्रयोपथको तथ्याड्ढ पेश गर्दै दृष्टि आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ ठाकुरले यो समस्याका विषयमा गम्भिर बन्नु पर्ने बताए ।

गोल्छा आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ सरबिन्दकुमार यादवले बाचाको जनपानले पनि अदूर दृष्टि बढ्न सक्ने बताए । चिल्लो पनाले अदूर दृष्टि बढाउने, घरमा बस्ने बाहिर नखेल्ने बच्चामा पनि अपुर दृष्टि बढ्दै जाने खतरा बढी हुने उल्लेख गरे ।

त्यस्तै मेची आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ अमितकुमार सिंहले अर्थी (K-Ortho-K) Lens अदूर दृष्टि बढ्न रोक्ने प्रमूख उपाय भएको बताए । राति लगाएर सुत्ने र दिन गरी चश्मा नलगाई दृष्टिसफा हुने र यसले अदूर दृष्टि नियन्त्रण पनि हुने तथ्याङ्क प्रस्तुत गर्दै यस प्रविधिमा कुनै ठुला जटिलता नभएको उनको भनाई छ ।

दृष्टि आँखा अस्पतालको दृष्टि विशेषज्ञ रोमान्स चौधरीले अपुर दृष्टिमा आँखाका मांशपेसीहरुको पनि असन्तुलन हुनसक्ने र यसले आँखा चाँडै पाक्ने, टाउको दुख्ने तथा आँखा दुख्ने समस्याहरु आउने गरेको जिकिर गरे । रिफ्रेक्टीम सर्जरी पश्चात पनि यस्ता मांशपेसी जाँच गराएर समस्या देखिए तत्काल उपचार आवश्य पर्ने चौधरीको भनाई छ ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा.पवन श्रेष्ठले औषधीको प्रयोगबाट अदूर दृष्टि कम गर्ने सकिने बताए । उनले आफ्नो प्रस्तुति राख्दै नियमित रुपमा औषधीको प्रयोग गरिएमा यस्ता समस्याको निराकरण हुने उल्लेख गरे ।

त्यस्तै भिजन केयर डिभिजन नेपालबाट Zeiss Mark को प्रतिनिधिहरु अबीर चन्द्रा, जन्या चक्रवर्ती तथा अशेष आचार्यले अपुर दृष्टिलाई नियन्त्रण गर्न Zeiss को Myocare Lens निकै प्रभाकारी भएको तथ्याङ्क प्रस्तुत गरे ।

कार्यक्रममा बाल बालिकालाई चश्मा दिने, कस्तोमा नदिने धारणा पेश गर्दै ठाकुरले बच्चाहरुलाई सोही विधानमा निपूर्ण जनशक्तिले मात्र चश्मा दिनुपर्ने कुरामा जोड दिए । अदूर दृष्टि बिस्तारै बढुन सक्ने कारणहरुमा निरन्तरको मोबाईल प्रयोग तर भित्र बस्ने बानीहरु त्था अत्याधिक नजिकको काम गर्ने बानी पनि प्रमुख रहेको बताइएको छ । अदूर दृष्टि हुने आमा बुवाबाट जन्मिएका ४२% बच्चा अपुर दृष्टिको हुन सक्ने बताइएको छ ।

बिराटनगर आँखा अस्पतालमा कार्यरत बरिष्ठ दृष्टि विशेषज्ञ पंकजराय अधिकारीले अदूर दृष्टिलाई रोक्न नदिने उपायहरु बारेमा तथ्यहरु प्रस्तुत गरे । कार्यक्रमका अध्यक्ष डा. खत्रीले कार्यक्रम सफल भएको तथा आँखा स्वास्थ्य जनशक्तिले आफ्नो ज्ञान एक आपसमा बाँढेर निकै फाईदा भएको उल्लेख गरे ।

कार्यक्रममा दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशका पुरानो कार्य समितिलाई सम्मान तथा बिदाई केन्द्रिय अध्यक्ष निरजदेव जोशीले गरेका थिए । भने, नयाँ कार्य समितिलाई प्रमाण–पत्र वितरण निवर्तमान अध्यक्ष पंकजराय अधिकारीले गरेका थिए ।

कार्यक्रमको समापन कोशी प्रदेश नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष अजित कुमार ठाकुरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here