छोरो हराएपछि खोजी गरिदिन आग्रह

0
7

मेचीनगर । झापा मेचीनगर– १४ निवासी १४ वर्षीय बालक प्रनित कुमार शिवाकोटी हराएपछी खोजीदिन अभिभावकद्वय बुवाआमा गोपाल सीता शिवाकोटीले आग्रह गरेका छन् ।
चैत २२ गते प्रनित  कुमार  ले मलाई नखोजिदिनु, म छोरा हुन लायक भइन, म हराए भनेर नरुनुझ भनी चिठी छोडेर बेपत्ता भएकाले अभिभावकले खोजिदिन आग्रह गरेका हुन् ।
उनले चिट्ठी लेखेर घरको किचन कोठामा पाएपछि हजुरबुवा टंकप्रसाद शिवाकोटीले प्रहरी चौकी चारआली खोजीदिन निवेदन गरेका थिए ।
प्रनिक संस्कृतका विद्यार्थी हुन् । भारतको करसङमा कक्षा ४ सम्म अंग्रेजी माध्यमसम्म पढेपछि संस्कृत बिद्याप्रती रुचि भएकै कारण अभिभावकले ४ वर्षयता नेपालको संस्कृत विद्यालयबाट पठनपाठन गराउँदै आएका थिए ।

आमा सीता हाटबजारमा सब्जी पसल गरेर गुजारा चलाउने आधारमा बनाउदै छिन् भने र बुवा गोपाल छोराको शिक्षासहित पालनपोषणका लागि स्थानीय मख्खन चामल मिलमा मजदुरबाट अर्थको जोह गर्दैआएका छन् ।

परिवारको एकलो छोरा भएकै कारण आगामी शैक्षिकशत्रदेखि घरबाटै विद्यालय पठाउने योजना बनाएका थिए यी दाम्पतीले । तर, अचानक छोरोले चिठ्ठी लेखेर बेपत्ता भएपछि दम्पतीको योजनानै संकटमा पर्यो । प्रनित हराएको बारेमा आफन्त(छिमेकी र उसका साथीभाई सबैलाई सोधपुछ गरिसकेको तर, हालसम्म फेला नपरेको बुवा कुमारको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here