छुरा प्रहारबाट गम्भीर घाइते बनेका मुर्मुको स्पाइन सुपर स्पेसलिटी हस्पिटलमा सफल उपचार 

0
7

झापा । छुरा प्रहारबाट गम्भीर घाइते बनेका बिर्तामोड ३ का २३ वर्षीय  सुनिल मुर्मु भनिने सुनिराम मुर्मुको सफल उपचार भएको छ ।
बिर्तामोड ३ मा सञ्चालित स्पाइन सुपर स्पेसलिटी हस्पिटल ट्रमा सेन्टरले मुर्मुको सफल उपचार गरेको जनाएको छ ।  गत चैत १३ गते बिर्तामोड १ स्थित पश्चिम बस स्ट्याण्डमा साँझ  छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका थिए । 


अस्पतालले शुक्रवार पत्रकार भेटघाट गरी मुर्मुको स्वास्थ्य अवस्था सुधारउन्मुख भएसँगै अस्पतालबाट डिस्चार्ज दिएको जनाएको छ ।  छुरा प्रहारबाट गम्भीर घाइते भई अचेत अवस्थामा अस्पताल ल्याइएका  मुर्मुको अत्याधिक रक्तश्रावका कारण रक्तचाप न्यून भएको, मुटुको धड्कन अत्याधिक तेज भएको चिकित्सकले जनाएका छन् ।
छातीको पछाडिको भाग तथा मेरुदण्डमा छुरीको गहिरो चोट साथै छुरा गाडिएकै अवस्थामै उनलाई अस्पताल ल्याइएका कारण  जोखिम उच्च रहेको अस्पतालका मेडिकल डाइरेक्टर प्रेम बहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
डा. शाहीका अनुसार अस्पतालमा उपलब्ध भएको ट्रमा टिम, स्पाइन सर्जन, जनरल सर्जन, मेडिसिन चिकित्सक, एनेस्थेसिया डाक्टर लगायतको टिमको अथक मेहनतका कारण  मुर्मुको उपचार सम्भव भएको हो ।

घाइते अवस्थामा अस्पतालमा ल्याइपु¥याएका  मुर्मु लाई रगत चढाउने, अक्सिजन दिने, रगत जाँच गर्ने, हतियारको चोट पत्ता लगाउन सीटी स्क्यान लगायतका सबै परीक्षण तत्काल गरेर उपचार शुरु गरिएको डा. शाहीले बताए ।  समयमा अस्पताल आएका कारण मात्र उनको ज्यान जोगिएको हो उपचारमा संलग्न चिकित्सक डा. साही बताउँछन् ।
विराम बचाउनका लागि अस्पतालले प्राथमिकता दिएको बताउँदै डा. शाहीले भने – निम्न आर्थिक अवस्थाका मुर्मुको ज्यान बचाउन हामीले पैसा भन्दा पनि पहिला उपचार गरेका हौं । मुर्मुको उपचारका लागि झण्डै चारलाख रुपैयाँ खर्च भएको बताइएको छ ।
अस्पताल प्रशासनले जनाए अनुसार मुर्मु परिवारले हाल सम्म ५० ÷ ६० हजार रुपैयाँ मात्र रकम अस्पताललाई बुझाएका छन् ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएका कारण स्पाइन अस्पतालमा मुर्मुको उपचार सम्भव भएको चिकित्सकको दावी छ ।
यता छुरा प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छुरा प्रहार गर्ने  कनकाई नगरपालिका १ का मनोज विकलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । पुरानो  रिसिवीको कारण उनी माथि छुरा प्रहार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here