मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

१३ बैशाख २०८१, बिहीबार मा प्रकाशित

सुरुङ्गा ,

झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- ७ का ३८ वर्षीय तेजमणि खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार राति ७ः५५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका- ३ स्थित सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक खरेल र पछाडि सवार मेचीनगर नगरपालिका- १० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका थिए । घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चालक खरेललाई चिकित्सकले मृत घोषित गरेका थिए ।

अर्को घाइते दनुवारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधनका बारेमा बुझ्ने कार्य भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here