राष्ट्रिय हात्तीपाइले रोग निवारण विरुद्धको आम औषधी सेवन अभियान शुरु

0
15

कमल ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण विरुद्धको आम औषधी सेवन अभियान आज बाट शुरु भएको छ । यसै क्रममा झापाको कमल गाउँपालिकामा समेत आम औषधी सेवन अभियानको शुभारम्भ गरिएको छ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईलाई स्वास्थ्य शाखा प्रमुख बिनु थापाले औषधी सेवन गराई अभियानको उद्घाटन गरेका थिए ।

आम औषधी सेवन अभियान यो अन्तिम पटक भएकोले सबैले अनिवार्य औषधी सेवन गर्न अध्यक्ष राईले अनुरोध गर्दै पालिका बाट कुनैपनि सेवासुविधा लिनका लागी आम औषधी सेवन अभियानमा सहभागी भई औषधी सेवन गरेको कार्ड अनिवार्य भएकोले औषधी सेवन गरी कार्ड लिनसमेत अध्यक्ष राईले सम्पुर्ण कमलवासीलाई अनुरोध गरे ।

अभियानको शुभारम्भका समयमा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी , ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइराला, वडा सदस्य एङ्गल गुरुङ्ग भगवती राई , मदन आश्रित बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सिताराम भट्टराई ,केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र दाहाल लगायत शिक्षक, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

आम औषधी सेवान कार्यक्रममा दुई वर्ष मुनीका बालबालीका, गर्भवती र सात दिनमा सुत्केरी महिला तथा सिकिस्त बिरामी बाहेक सबैले अनिवार्य औषधी सेवन गर्नु पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

कमल गाउँपालिकामा बसोवास गर्ने ५४ हजार ७०५ जना मध्ये बालबालिका १ हजार ६८५ र गर्भवती र सुत्केरी महिला १ हजार १६० जना बाहेक ५१ हजार ८६० जनाले अनिवार्य रुपमा औषधी सेवान गर्नु पर्ने कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनु थापले अनुरोध गरेका छन् ।

आम औषधी सेवन कार्यक्रम यो अन्तिम पटक भएकोले सबैले अनिवार्य औषधी सेवन गरिएको कार्ड सुरक्षित राख्न समेत थापाले अनुरोध गरे । आम औषधी सेवन शतप्रतिशत नगरेकै कारण देशका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा अहिले सम्म पनि हात्तीपाइले रोग निवारण हुन सकेको छैन , त्यसैले यो अन्तिम पटक भएकोले सबैले अनिवार्य आम औषधी सेवन कमल वासीलाई अनुरोध गरेको छ ।

सन् २००३ सालमा नेपालमा पर्सा जिल्ला बाट पहिलो पटक हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु गरेको भएपनि कार्यक्रममा शतप्रतिशतलाई औषधी सेवन नगरेका कारण रोग निवारण हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् ।

आम औषधी सेवन शतप्रतिशत नगरेकै कारण देशका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा अहिले सम्म पनि हात्तीपाइले रोग निवारण हुन सकेको छैन , त्यसैले यस पटक को आम औषधी सेवन कार्यक्रममा सबै सहभागी भएर अनिवार्य औषधी सेवन गर्नुपर्ने कमल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले बताए ।

हात्तीपाइले रोग बाट विश्वमा १२ करोड मानिस संक्रमति भएको भएता पनि नियमित औषधी सेवनले ७ करोड मानिस रोग मुक्त भैसकेका छन् भने अझै पाँच करोड व्यक्ति रोग बाट संक्रमित नै छन् भने १६ लाख मानिस अङ्गभङ्ग र अपाङ्ग भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here