मनमोहन गान्धी सडक ८ दिनदेखि बन्द

0
4

छविराज ढकाल
पथरी,
मोरङको पथरी शनिश्चरे १० को शिरिषे डाँडा हुँदै रंगेली जाने मनमोहन गान्धी सडक विगत आठ दिनदेखि अवरुद्ध छ।
निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेको भन्दै स्थानीयवासीहरुले पथरीशनिश्चरेका विभिन्न चोकहरुमा दक्षिण रंगेली जाने सो सडक पुनः बन्द गरेका हुन् ।
कान्छाराम कन्ट्रक्सनका ठेकेदारले सहमति अनुसार काम नगरेको भन्दै गत बैशाख  २२ गते शनिवारदेखि पथरीशनिश्चरे नगरभित्र पर्ने वडा नम्बर ४,८, ९ र १० का आधा दर्जन स्थानमा स्थानीयहरुले सडकमा ढुङ्गा, होम्प पाइप, र बाँसले बारेर सडक अवरोध गरेका छन् ।
सो सडक सम्झौता गरे अनुसार निर्माणमा ढिलासुस्ति गरेको स्थानीयको आरोप छ।
हिउँदमा धुलो र बर्षातमा हिलो , खाल्डाखुल्डी हुँदै आएकोले आफुहरूले वर्षेनी सास्ती खेप्नुपरेको स्थानीय वृद्ध वीर बहादुर कार्कीले बताएका छन्। अत्याधिक थुलोको कारण वृद्ववृद्वा र बालबालिकाको स्वास्थ्यमा समेत समस्या भइरहेको स्थानीयहरूले सुनाए । समयमै सडक बन्न नसक्दा अति नै समस्याहरू भएपछि सो सडक बन्द गरेर आन्दोलनमा उत्रिएको वडा नम्बर ९ का वृद्ध वीर बहादुर कार्कीले बताउनु भयोे ।
पुनस् काम नथालेसम्म सडक नखोल्ने सडक संघर्ष समितिको सहसंयोजक सुमन लिम्बुले एक वर्ष म्याद थप गरी कुल ४ वर्ष निर्माणकार्य गरेको कान्छाराम कन्स्ट्रक्सनले कामै नसकी भागेको र निर्माणको कामलाई ढिलाई गरेको हुँदा संघर्षमा उत्रनु परेको बताए।
त्यस्तै,सडक चाँडो निर्माण गर्न बारम्बार पहल गर्दा पनि सुनुवाइ नभएपछि स्थानीयहरू संघर्ष समितिका संयोजक वीरेन्द्र गुरुङले बताएका छन् ।
गत मंसीर १२ गते पनि कान्छाराम कन्ट्रक्सनले सडक चाँडो बनाउन र हिलो, धुलोबाट मुक्त गर्न माग गर्दै स्थानीय उपभोक्ताहरुले करिव हप्ता दिनसम्म सडक बन्द गराएका थिए ।
त्यसबेला कम्पनीले सडकमा दैनिक पानी लगाएर धुलो उड्न नदिने, बैशाखसम्म कालोपत्रे गरिसक्ने, बैशाखसम्म कालोपत्रे नभए ९, ८ र ४ नं। वडा अध्यक्षहरु क्रमशस् वीरबहादुर राई, नवीन कार्की र लोककिरण न्यौपानेसहित सडक आन्दोलनमा आउने सहमति भएको थियो।
ुसहमति अनुसार केही महिना काम गरेपनि फेरि छाडेर हिँडेको छ , काममा ढिलाई गरेको छ ।त्यसैले सडक बन्द गर्नुपरेको होु संघर्ष समितिका संयोजक विरेन्द्र गुरुङ बताएका छन् ।
यसैगरी , सुरूमा कान्छारामले १ अर्ब ९४ करोडमा टेण्डर पारेर साच्चिकै छिटो काम सक्छ होला भन्ने थियो ु संघर्ष समितिका अर्का सदस्य ईश्वर चौहानले सुनाए।
पथरीशनिश्चरे१० स्थित भुटानी शरणार्थी शिविर छिर्ने मुख्य सडकदेखि दक्षिणको रंगेलीसम्म जोड्ने करिव २५ किलो मिटर लम्बाई र ६० फिट चौडाइमा सो सडक निर्माण गरिदैंछ। निर्माणाधीन सो सडकको ठेक्का पूर्ण तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पारेको थियो । ५ वर्ष अघिको पुरानो कालोपत्रे उप्काएर ग्राबेल लगाएर हिँडेपछि सो निर्माण कम्पनी करिव दुई बर्षजति बेपत्ता रह्यो । गएको मंसिरमा स्थानीयहरू आन्दोलनमा उत्रिएपछि सहमति भएको थियो। त्यसपछि काम थालेको सो ठेकेदार कम्पनीले पुनस् काम छाडेर हिँडेको र जनताले बाध्य भएर सडक बन्द गर्नुपरेको स्थानीय संघर्ष समितिका संयोजक गुरूङले सुनाए। उनले स्थानीय, प्रदेश तथा संघीय तहका कुनैपनि निर्वाचित जनप्रतिनिधिहरूले सो सडक अवरुद्ध हुँदा पनि नआएको , चासो नदिएको र जनताको आवाजलाई नसुनेको भन्दै आक्रोश पोखेका छन्।
यता, सडक अवरुद्ध भएपछि पथरीशनिश्चरे नगरपालिकाको प्रमुख मोहनप्रसाद तुम्बापोको अगुवाईमा
गत बैशाख २२ गते शनिवार पछि कान्छाराम कन्ट्रक्सन कम्पनीका प्रतिनिधि, आन्दोलनकर्मीहरुको तर्फबाट संयोजक बीरेन्द्र गुरुङ, सहसंयोजक सुमन वनेम, वडा नम्बर ४,८,९ र १० का वडा अध्यक्षहरु बसेर नेपाल सरकारको प्रतिनिधिका रूपमा रहेको मोरङको सिडीओ कार्यलयमा पनि सो विषयमा एक चरणमा छलफल भएको थियो ।
उहाँका अनुसार फेरि केही दिनभित्रै समस्याको निकास खोज्न सिडीओ कार्यलयबाट ठेकेदार पक्ष, स्थानीय तहका जनप्रतिनिधि र आन्दोलनरत पक्षबीच छलफल र वार्ता हुने भनिएको छ। दुई तीन दिन भित्रैमा यो विषयमा छलफल होला र टुङ्गोमा पुग्ने आशा लिएको छु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here