बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान

0
3

नेपालगञ्ज,

जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ ।

लागुऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान ४५ दिनसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

अभियानका लागि नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, बाँकेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा जिल्ला प्रहरी, कार्यालय, बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्की र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।

लागुऔषध दुव्र्यसन पीडितलाई समाजमा पुनःस्थापना गर्ने, लागुऔषधविरुद्ध सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्ने समुदाय प्रहरी साझेदारीलाई प्रवद्र्धन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य राखिएको प्रनाउ डाँगीले बताउनुभयो ।

सम्झौतापत्रअनुसार नेपालगञ्जका फार्मेसी तथा औषधि पसलको अनुगमन गरी कारबाही गर्ने,दुव्र्यसनी जोखिम स्थान र व्यक्तिको पहिचान र अभिलेख राख्ने, लागुपदार्थ जाँच ‘कीट’को व्यवस्थापन गरी प्रभावकारी निरीक्षणको व्यवस्था मिलाउने, सीमानाका तथा शङ्कास्पद स्थानमा निगरानी गर्नेलगायत कार्यक्रम सञ्चालन गरिने छ ।

केही सयमअघि लागुऔषध कारोबारी पक्राउ गर्न स्थानीय प्रहरी गोली प्रहार गर्न बाध्य भएको थियो भने सीमा क्षेत्रबाट दिनहँुजसो लागुऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here