कञ्चनपुरमा भएको अत्यधिक  वर्षाबारे अध्ययन गरिँदै

0
76
काठमाडौँ, 
 पश्चिम नेपालको कञ्चनपुरमा अत्यधिक वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ ।
विभागले त्यसतर्फ विज्ञसहितको टोली पठाइसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो । कँडेलले रासससँग कुरा गर्दै आफूहरु धनगढी पुगिसकेको र भ्याएसम्म आजैबाट अध्ययन थालिने जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको समेत अध्ययन गरिनेछ । कतिपय अवस्थामा वास्तविकतामाथि समेत प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठीक छ, की छैनलगायत सबै विषयमा अध्ययन गरिने उहाँले बताउनुभयो ।
अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीयबासी तथा सरकारी अधिकारीहरुसँग समेत जानकारी लिइने जनाइएको छ ।
कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा यही असार २३ र २४ गते परेको मुसल्धारे वर्षाले ७८ वर्षयताकै ‘रेकर्ड ब्रेक’ गरेको थियो । त्यहाँ विभागले स्वचालित वर्षा मापन केन्द्र स्थापना गरिएको छ ।
सो क्षेत्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो । विभागबाट प्राप्त विवरणअनुसार दोधारामा छ सय २४ मिलिमिटर, हनुमाननगरमा पाँच सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा पाँच सय ५५ दशमल आठ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here