कास्की पहिरो अपटेडः मृतक पाँचजनाको सामूहिक दाहसंस्कार

0
13

कास्की,

कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उहाँको परिवारका छसहित सातजनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँचजनाको आज साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले जानकारी दिनुभयो ।

पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो ।

मृतकहरूप्रति श्रद्धाञ्जलिका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जनप्रतिनिधि तथा स्थानीयवासी पुग्नुभएको थियो ।

सोही घटनामा मृत्यु भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने स्वर्गीय कुलबहादुरका छोरी प्रभा र ज्वाइँ अस्मित परियारको दाहसंस्कार भने अस्मितका बुबा वैदेशिक रोजगारीमा रहेकाले उहाँ स्वदेश आएपछि मात्र गरिने परिवारजनले जनाएको छ । मृतक दुईजनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

कास्कीका तीन छुट्टाछुट्टै स्थानमा गए रातिको पहिरामा परेर ११ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here