सुखद दाम्पत्य जीवनको कामना गर्ने ‘मधुश्रावणी’ पर्व मिथिलाञ्लमा सुरु

0
24

महोत्तरी,

कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन् ।

यो पर्वमा बर्तालु र उनका सखी सुन्दर वस्त्रमा सजिएर सामूहिक प्रणयगान र ‘पूmललोढी’ (पूmल खोज्ने) विधि खास मानिन्छ । पर्वभर सामूहिक रूपमा गीत गाउँदै ‘पूmललोढी’मा निस्केका मिथिलानीहरूबीच नयाँघरको र पतिसँगको सम्बन्ध आदानप्रदान हुने गर्छ । पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामुहिक रुपमा पूmल खोज्न निस्कने विधिलाई ‘पूmललोढी’ भनिन्छ । यो पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूmल चढाउने चलन छ ।

पर्वको प्रारम्भ आत्मशुद्धि र व्रत सङ्कल्पबाट हुन्छ । बर्तालु पर्वको एक दिनअघि नै हातगोडाका नङ् काटी नुहाइधुवाइ गरेर शुद्ध हुन्छन् । पर्वभर चोखो भोजन गरिन्छ । घरकी जेष्ठ महिला सदस्यले बर्तालुलाई पर्वका विधि सिकाउने गर्छन् । सामान्यतया माइतीघरमा यो पर्व मनाइने प्रचलन भएपनि यस अवधिभरिको वस्त्र र खाद्यान्नभने पतिले नै पु¥याइ दिनपर्ने चलन छ ।

पर्वको अभीष्ट नै पतिसँगको गाढा प्रेम भएकाले सखीहरु एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन् । सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर पूmललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिड्ने जोसुकैको मन खिच्ने गर्छ । यो नै पर्वको मुख्य आकर्षण हो ।

विगतमा मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब सबै जातजातिको साझा भएको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको मिथिलानी बताउँछन् ।

शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई जेष्ठ महिलाले कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here