विमल दहाल,
इलाम । इलामको माईमा १४९ औँ मोति जयन्ति गजल विशेष बृहत साहित्यिक कार्यक्रम गरी मनाइएको छ।
माईनगर भाषा साहित्य कला प्रतिष्ठान माई नगरपालिका इलामको आयोजना र माई नगरपालिकाको आर्थिक सहयोगमा माई नगर सभा हलमा साहित्यिक कार्यक्रम सम्पन्न भएको हो।
अग्रज साहित्यकार एवं वरिष्ठ गजलकार ‘विवस’ बलिभद्र कोइरालाको प्रमुख आतिथ्यतामा र माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माको विशेष आतिथ्यतामा सम्पन्न गजल विशेष बृहत साहित्यिक कार्यक्रममा आमन्त्रित झापाली गजलकारहरू अभागी थेगुवा, दिलिप घिमिरे र शिशिर भट्टराईले आफ्नो गरिमामय साहित्यिक रचना बाचन गरेका थिए ।
साहित्यकारहरू रोम बहादुर राई,ठहरसिङ बस्नेत, खड्गप्रसाद दुलाल, राजेन्द्र थेवे, अनिल तामाङ, किरण सुवेदी, टेकनाथ भट्टराई, अर्जुन दुलाल, तारा अधिकारी ुगरुवालीु, हरिचरण घिमिरे, भरत भण्डारी, होम मिश्रको रचना प्रस्तुती दिपेशकुमार राई र आशिष कालिकोटेको गायन प्रस्तुत गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष शिव अधिकारी इलामे जेठोको अध्यक्षता उपाध्यक्ष हरिप्रसाद पौडेल र वाल प्रतिभा सिमन भट्टराईको नृत्य सहितको स्वागत रहेको कार्यक्रममा सल्लाहकार मित्रप्रसाद गौतमले संस्था स्थापना र मोतिराम भट्टको जीवनिकावारेमा जानकारी गराए ।
गजलकारहरु विवश बलिभद्र कोइराला, अभागी थेगुवा, शिशिर भट्टराई, दिलिप घिमिरे, माई(३ का वडा अध्यक्ष देउकुमार राई, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा लगायतले शुभकामना मन्तब्य समेत राख्नु भएको गजल विशेष कार्यक्रमलाई गजलकारहरू टुकेन्द्र राई भुई मान्छे र ललिता राई लताले सञ्चालन गर्नुभएको थियो । गजल विशेष बृहत साहित्यीक कार्यक्रममा माई नगरपालिका वडा नं १ २ र ३ का वडाध्यक्ष, आमन्त्रित साहित्यकार र संस्थालाई सहयोग गर्ने १२ जना व्यक्तित्वहरुलाई मायाको चिनो सहित सम्मान गरिएको अध्यक्ष इलामे जेठोले जानकारी दिए ।