युवालाई खेल सामग्री वितरण

0
44

सुरुङ्गा, शिवसताक्षी नगरपालिका–१ का सामाजिक व्यक्तित्व दुर्गा नेम्वाङको विशेष पहलमा युवालाई खेलकुद सामग्री वितरण गरिएको छ ।
धरमपुर शुक्रबारे बजारमा आयोजित विशेष कार्यक्रममा ३ लाख रुपैयाँभन्दा बढीको खेल सामग्री वितरण गरिएको होे । ग्रामीण क्षेत्रमा खेलको विकास, दुव्र्यसन न्यूनीकरण निकास भन्ने नारासहित लागूपदार्थ दुव्र्यसन न्यूनीकरणका लागि सचेतना कार्यक्रममा उक्त सामग्री वितरण गरिएको थियो । कार्यक्रममा शुक्रबारे भलिबल क्लब, फूलबारी भलिबल क्लब, किराँतबस्ती भलिबल क्लब, चौतारी टोल टिम, धरमपुर भेट्रान क्लब, फूलबारी सेवा सङ्गम क्लब, वडा खेलकुद विकास समिति, हाइस्कूल स्पोर्टिङ क्लब, किराँतबस्ती फुटबल क्लब लगायतका क्लबलाई फुटबल, भलिबल, नेट, ग्लोभ्स्, ब्याडमिन्टन सेट लगायतका सामग्री वितरण गरेको बताइएको छ ।
दुर्गा नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी मगर (सन्देश), विशिष्ट अतिथिद्वय कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङ र शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ थोप्रा (रोशन) रहेका थिए । कार्यक्रममा विशेष अतिथि झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., सन्तोष थोप्रा, खेलाडी रवीन थापा, सतासीधाम जेसीज अध्यक्ष युविक थुलुङ राई, नेपाल पत्रकार महासङ्घ झापा शाखाका सचिव डिकेश लामा, किराँत याक्थुङ चुम्लुङका झापा अध्यक्ष सेसेहाङ फ्याक लगायतले बोलेका थिए ।
लागू पदार्थको समस्याबाट मुक्ति पाउन स्वयम् युवा परिवार, सामाजिक अभियन्ता, प्रहरी प्रशासन, नीतिनिर्माता सबैको सकारात्मक, सक्रिय र निरन्तरको प्रयत्न आवश्यक रहेकोमा सबै वक्ताको जोड थियो । कार्यक्रमको सञ्चालन भेषराज नेम्वाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here